सरकारले संसदमा सबै मातृ भाषाहरू बुझ्नका लागि आवश्यक व्यवस्था मिलाउनुपर्छ: सांसद यादव

काठमाडौँ । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद मातृकाप्रसाद यादवले संसदमा सबै मातृ भाषाहरू बुझ्नेगरी आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सो माग गरेका हुन् ।

सांसद यादवले छोटी भन्सार हटाउने सरकारको निर्णय तत्काल फिर्ता हुनुपर्ने माग समेत गरे । उनले सरकारका कारबाही जनताको हित विपरीत हुने गरेको भन्दै आपत्ति जनाए ।

सांसद यादवले भने ‘जुन भाषाको समानताको अधिकार छ । त्यसबारे यहाँ हाउसमा पनि सबै भाषालाई सबैले बुझ्ने व्यवस्था गर्न सरकारलाई सभामुखमार्फत अनुरोध गर्न चाहन्छु । छोटी भन्सार हटाउने निर्णय सरकारले तत्काल सच्याउनु पर्छ । यो सरकारको नीतिहरू सुकुम्वासीदेखि लिएर यो जुन कामहरू छ । यसले यो सरकार होकि होइन ? भन्ने प्रश्न उठाएको छ । मिटरब्याज पीडितलाई न्याय सरकारले दिनुपर्छ ।’

सांसद यादवले सरकारले मिटरब्याज पीडितहरूलाई न्याय दिने कुरामा ध्यान दिनुपर्ने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + four =