प्रधानन्यायाधीश शर्माले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

मंगलवार शितल निवासमा एक समारोहका बीच प्रधानन्यायाधीश शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

मंगलवार नै संसदीय सुनुवाई समितिबाट सर्वसम्मतले अनुमोदन हुनुभएका प्रधानन्यायाधीश शर्मालाई राष्ट्रपति पौडेलले प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायत उच्च पदस्थ व्यक्तिहरू सहभागी थिए ।

शर्मालाई संवैधानिक परिषद् बैठकले गत वैशाख २४ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । उनले सर्वोच्च अदालतमा ६ वर्षे पूरा कार्यकालल पूरा गर्ने छन् । उनि २०८९ जेठसम्म सर्वोच्चको नेतृत्व सम्हाल्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + ten =