न्यायको खोजी गर्दै कानुन व्यवसायीको प्रदर्शन (तस्बिरहरू)
२०८३ जेठ ५ गते

काठमाडौं । संवैधानिक महत्वका रिट निवेदन दर्ता नगरी न्यायिक प्रक्रियामै अवरोध सिर्जना गरेको आरोप लगाउँदै नेपाल बार एसोसिएसन आन्दोलनमा उत्रिएको छ ।
बारमा आबद्ध कानुन व्यवसायीहरूले मंगलबार दिउँसो सर्वोच्च अदालत परिसरमा लालटिन बालेर विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरूले सर्वोच्च अदालत प्रशासनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै न्यायिक प्रक्रियालाई सहज र पारदर्शी बनाउन माग गरेका छन् ।
प्रदर्शनका क्रममा कानुन व्यवसायीहरूले विभिन्न नारा लेखिएका प्लेकार्डसमेत प्रदर्शन गरेका थिए ।
बारले संवैधानिक रिट दर्तामा भइरहेको अवरोधले नागरिकको न्यायमा पहुँच प्रभावित भएको जनाएको छ ।

२०८३ जेठ ५ गते
प्रतिक्रिया
सम्बन्धित








