राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समिति सदस्यमा ५ जना मनोनयन

काठमाडौँ । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समिति सदस्यमा पाँच जना मनोनीत भएका छन् ।

राजनीतिक दलहरूको सुझावका आधारमा राष्ट्रिय सभाको सोमवारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले पाँच जनाको नाम मनोनयन गर्न प्रस्ताव गरे ।

मनोनयन हुने सदस्यहरूमा पदमबहादुर परियार, मदनकुमारी साह, रोशनी मेचे, मोहम्मद खालिद र तुलप्रसाद विश्वकर्मा रहेका छन् । ९ सदस्यीय राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिमा दुई जना पदेन सदस्य रहेका छन् ।

बाँकी सदस्यहरू छलफलपछि मनोनयन गरिने अध्यक्ष दाहालले जानकारी दिए । पाँच जनालाई समितिमा मनोनयन गर्ने अध्यक्षको प्रस्तावलाई सभाले स्वीकृत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + fifteen =