बहिष्कारको दबाब बीच चलचित्र ‘लालीबजार’ ले कति कमायो ?

काठमाडौँ । नेपालभर प्रदर्शन भइरहेका स्वदेशी चलचित्रहरूको आधिकारिक बक्स अफिस विवरण सार्वजनिक भएको छ ।

जेठ ०२ गते शनिबार राती ११:५१ बजेसम्मको आधिकारिक ‘सिनेपा: @बक्सअफिस’ प्रणाली प्राप्त विवरण अनुसार हाल प्रदर्शनमा रहेका नेपाली चलचित्रहरूले हलमा दर्शकहरूको राम्रो साथ पाइरहेका छन् ।

यस हप्ताको बक्स अफिस तथ्यांक अनुसार बैशाख ११ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘परालको आगो’ अग्रस्थानमा छ । यस चलचित्रले हालसम्म कुल १,६१,९२८ टिकट बिक्री गर्दै रु. ४,२२,२३,४३६.२ (४ करोड २२ लाखभन्दा बढी) को सानदार आर्थिक आम्दानी गरेको छ ।

त्यस्तै, बैशाख १८ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘लालीबजार’ दोस्रो स्थानमा निकै बलियो देखिएको छ ।

यस चलचित्रले हालसम्म कुल १,१४,४८६ टिकट बिक्री गरी रु. ३,४२,६१,७७९.०९ (३ करोड ४२ लाखभन्दा बढी) को उत्कृष्ट व्यापार गरेको छ ।

यसैगरी, बैशाख २५ गतेबाट हलमा लागेको चलचित्र ‘माल्ती मङ्गले’ ले १३,८९० टिकट बिक्री गर्दै रु. ४४,७८,६०८.८८ संकलन गरेको छ । सूचीको चौथो स्थानमा रहेको चलचित्र ‘गुरुआमा’ ले भने हालसम्म ८,९७४ टिकट बिक्री गरी कुल रु. २८,४४,४६१.४ को आर्थिक आम्दानी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − twelve =