साइन रेसुंगा डेभलपमेन्ट बैंक : थरिथरीका खाता, सुविधा उस्तै आकर्षक

काठमाडौं । २०६५ सालमा तीन जिल्ले विकास बैंकको रुपमा स्थापना भएको शाइन रेसुंगा डेभलपमेन्ट बैंक अहिले राष्ट्रिय स्तरको बैंक बनिसकेको छ । बैंकले आफ्नो स्तरोन्नतिसँगसँगै ग्राहकलाई दिने सेवा सुविधा पनि बढाउँदै लगेको छ ।
हाल यस बैंकको २१ वटा विभिन्न प्रकारका बचत खाताहरू सञ्चालनमा छन् । त्यसैगरी, बैंकको आकर्षक ब्याजदर दिने मुद्दती निक्षेप र आवधिक निक्षेप खाताहरू पनि सञ्चालनमा रहेका छन् ।
बुटवलमा केन्द्रीय कार्यालय रहेको बैंकले २०६९ सालमा गुल्मीको रेसुङ्गा डेभलपमेन्ट बैंकलाई मर्जर गरेपछि शाइन रेसुङ्गाको नामबाट १० जिल्ले विकास बैंकको रुपमा कारोबार सुरु गरेको थियो ।
२०७३ सालमा प्युठानमा एक जिल्ले कार्यक्षेत्र रहेको गौमुखी विकास बैंकलाई गाभेको बैंकले गत २०७६ असोज २७ गतेदेखि पूर्णिमा विकास बैंक र भागर्व विकास बैंकलाई एक्वायर गरेपछि राष्ट्रिय स्तरको लाइसेन्सको लागि राष्ट्र बैंकमा आवेदन दिएको थियो ।
राष्ट्र बैंकले राष्ट्रिय स्तरको विकास बैंकको लागि स्वीकृत दिएसँगै बिहीबार (मंसिर २६ गते)देखि शाइन रेसुङ्गा विकास बैंकले राष्ट्रिय स्तरको कारोबार सुरु गरेको थियो ।
यस बैङ्कद्वारा सञ्चालित विभिन्न सेभिङ खाताहरूमध्ये शाइन रेमिट्यान्स बचत खातामा सबैभन्दा धेरै ब्याजदर पाइन्छ । यो खाताको निक्षेपमा बैंकले ५ प्रतिशत ब्याजदर दिन्छ भने शाइन समृद्धि बचत खातामा ४ प्रतिशत ब्याजदर पाइन्छ ।
त्यसैगरी, धेरैजसो खाताको निक्षेपमा बैंकले २ दशमलव ७५ प्रतिशत ब्याजदर प्रदान गर्छ । बैङ्कद्वारा सञ्चालित मुद्दती निक्षेपको ब्याजदर भने समयावधिअनुसार निर्धारण गरिएको छ ।
यस्तो छ, बैंकको खाताका प्रकार र सुविधाहरू
शाइन समृद्धि बचत खाता
यो खाता शून्य ९०० ब्यालेन्समा खोल्न सकिन्छ । यो खाताको निक्षेपमा ४ प्रतिशत ब्याजदर पाइन्छ । अन्य सामान्य बचत खाताहरू भन्दा उच्चतम ब्याजदर प्रदान गर्न बैंकले यो खाता सञ्चालनमा ल्याएको हो ।
शाइन उन्नति बचत खाता
यो खाता खोल्न न्यूनतम मौज्दात ५०० रुपैयाँ लाग्छ । यो खाताको निक्षेपमा बैंकले २ दशमलव ७५ प्रतिशत ब्याजदर दिन्छ भने यो पनि उच्च ब्याजदर खोज्नेहरूका लागि वेस्ट छ ।
अक्षय कोष निक्षेप
यो खाता सामाजिक सेवामा संलग्न र समाजको उन्नतिमा सहयोग गर्ने संस्था तथा व्यक्तिहरूले खोल्छन् । यसमा राखिने निक्षेप फिक्स्ड डिपोजिट जस्तै हो, जहाँ निक्षेप रकम कोष आफैं विघटन भएको अवस्थामा बाहेक झिक्न सकिँदैन । तर फिक्स्ड डिपोजिट अवधि कोष व्यवस्थापन समितिको निर्णय अनुसार हुन्छ । यद्यपि, त्रैमासिक रूपमा ब्याज प्रदान गर्न छुट्टै कल बचत खाता खोलेर चलाउन सकिन्छ । यस खातामा कुनै चेक बुक जारी हुँदैन ।
शाइन उत्सव बचत
यो खाता पनि न्यूनतम मौज्दात १०० रुपैयाँमा खोलिन्छ । यसमा निक्षेपमा ब्याजदर २ दशमलव ७५ प्रतिशत दिइन्छ । शाइन उत्सव बचत बैंकको राष्ट्रिय स्तरको विकास बैंकमा स्तरोन्नतिको उत्सव मनाउन यो खाता डिजाइन गरिएको हो । तर यो सीमित समयको लागि मात्र चल्नेछ ।
शाइन नारी बचत खाता
यो खाता पनि न्यूनतम मौज्दात ५०० रुपैयाँमा खुल्छ । यो खाताको निक्षेपमा २ दशमलव ७५ प्रतिशत ब्याजदर पाइन्छ । प्रत्येक महिला विशेष छिन् र सर्वोत्तमको हकदार छिन् भन्ने उद्देश्यसहित बैंकले यो खाता डिजाइन गरेको हो । शाइन नारी बचत खाता नेपालका महिलाहरूको लागि बचतलाई प्रोत्साहन गर्न विकसित गरिएको हो । यसमा ऋण प्रोसिजर शुल्कमा छुट दिइनेछ भने निक्षेप र रकम निकासीमा कुनै सीमा राखिएको छैन ।
शाइन सुरक्षा बचत खाता
यो खाता पनि शून्य रुपैयाँमा खोल्न सकिन्छ । यसमा बैंकले २ दशमलव ७५ प्रतिशत ब्याजदर प्रदान गर्छ । यो सबै उमेर समूहका लागि बीमा सुविधासँग जोडिएको खाता हो । यसको बीमा कभरेज दुर्घटना हुनुभन्दा अघिल्लो दिनको अन्त्यमा बचत खातामा रहेको क्लोजिङ ब्यालेन्सको ४ गुणासम्म वा रु ५००,०००र०० मध्ये जुन कम हुन्छ, त्यतिसम्म सीमित हुन्छ ।
दुर्घटनाका कारण दुर्घटनाग्रस्त मृत्यु र स्थायी पूर्ण अशक्तताबाट जोखिम कभर, बीमा कभरको लागि कुनै मेडिकल परीक्षण आवश्यक पर्दैन भने बीमा कभरको लागि छुट्टै कागजात पनि चाहिँदैन ।
शाइन सरप्लस सेभिङ
यो खाता पनि शून्य मौज्दातमा खोलिन्छ । यसमा २ दशमलव ७५ प्रतिशत ब्याजदर पाइन्छ ।
विद्यार्थी बचत
यो खाता विशेषगरी विद्यार्थीहरूमा बैंकिङ बानीको विकास गर्ने उद्देश्यले विशेष रूपमा डिजाइन गरिएको हो । यसमा विद्यार्थीका लागि भविष्यको व्यावसायिक अवसरहरूको लागि दीर्घकालीन सम्भावनाहरू छन् । यस खातामा २ दशमलव ७५ प्रतिशत ब्याजदर पाइन्छ भने १०० रुपैयाँमै खाता खोल्न सकिन्छ । विद्यार्थी परिचयपत्र भएका विद्यार्थीहरूले यो खाता खोल्न सक्छन् ।
शाइन ज्येष्ठ नागरिक बचत खाता
यो खाता न्यूनतम मौज्दात १०० रुपैयाँमा खोलिन्छ । भने यस खाताको निक्षेपमा २ दशमलव ७५ प्रतिशत ब्याजदर पाइन्छ । यो विशेष गरी देशका ज्येष्ठ नागरिकहरूका लागि डिजाइन गरिएको खाता हो । यसमा मासिक ब्याज भुक्तानीको साथै आकर्षक ब्याजदर पाइन्छ ।
शाइन बाल बचत खाता
यो खाता पनि शून्य रुपैयाँमा खोलिन्छ । यसमा २ दशमलव ७५ प्रतिशत ब्याजदर पाइन्छ । शाइन बाल बचत खाता विशेष गरी नाबालिगका लागि डिजाइन गरिएको खाता हो । यसले बालबालिकामा बचत गर्ने बानी बसाल्छ ।
मेरो बचत खाता
० मौज्दातमा खोलिने यस खातामा पनि २ दशमलव ७५ प्रतिशत ब्याजदर पाइन्छ । यो सरकारको खोलौं बैंक खाता अभियान० को एक हिस्सा हो । यो खाता खोल्दा बैंकको तर्फबाट खातामा रु १०० जम्मा हुन्छ भने यसमा वार्षिक कारोबारको सीमा रु १००,०००र०० तोकिएको छ ।
शाइन बचत खाता (ई-सेवा)
यो पनि ० ब्यालेन्समा खोलिन्छ । भने ब्याजदर २ दशमलव ७५ नै पाइन्छ । यो ईसेवा फोन पे प्राइभेट लिमिटेडद्वारा विकसित गरिएको अनलाइन भुक्तानी गेटवे हो।
प्रोफेसनल सेभिङ
न्यूनतम मौज्दात १ रुपैयाँमा खोलिने यस खातामा पनि २ दशमलव ७५ प्रतिशत ब्याजदर पाइन्छ । यो विशेष गरी सरकारी गैर(सरकारी र अन्य संगठित क्षेत्रका तलब पाउने कर्मचारीहरूलाई लक्षित गरी डिजाइन गरिएको खाता हो ।
शाइन प्रगति बचत खाता
यो खातामा ब्याजदर ३ प्रतिशत पाइन्छ भने खाता खोल्न न्यूनतम मौज्दात ५००० लाग्छ । शाइन प्रगति बचत खाता अन्य सामान्य बचत खाताहरूभन्दा उच्च ब्याजदर प्रदान गर्न डिजाइन गरिएको हो । यसको निक्षेप र निकासीमा कुनै सीमा छैन ।
शाइन रेमिट्यान्स बचत खाता
यो खातामा ब्याजदर ५ प्रतिशत पाइन्छ भने खाता खोल्न न्यूनतम मौज्दात १००० रुपैयाँ लाग्छ । शाइन रेमिट्यान्स निक्षेप निक्षेपमा अतिरिक्त दर प्रदान गर्दै बैंकिङ च्यानलबाट रेमिट्यान्स प्रवर्द्धन गर्न डिजाइन गरिएको हो ।
पीएफ र उपदान बचत
यो खातामा ब्याजदर २ दशमलव ७५ पाइन्छ भने खाता ० ब्यालेन्समा खोलिन्छ । कैंकले कर्पोरेट ग्राहकहरूका कर्मचारीहरूको पीएफ र उपदान कोष व्यवस्थापन र सञ्चालन गर्दै आएको छ ।
एस.आर. बचत
यस खातामा ब्याजदर २ दशमलव ७५ प्रतिशत पाइन्छ भने न्यूनतम मौज्दात १००० रुपैयाँमा खाता खोल्न सकिन्छ ।
शाइन शेयर होल्डर सेभिङ
यो खातामा ब्याजदर २ दशमलव ७५ प्रतिशत पाइन्छ भने खाता खोल्न न्यूनतम मौज्दात १०० रुपैयाँ लाग्छ । यो सेयर लगानीकर्ताहरूको लागि सञ्चालन गरिएको खाता हो ।
आवर्ती निक्षेप
यस खातामा ब्याजदर २ दशमलव ७५ पाइन्छ भने न्यूनतम मौज्दात ५०० रुपैयाँमा खाता खोल्न सकिन्छ ।
सरकारी सुरक्षा बचत
यो खातामा ब्याजदर २ दशमलव ७५ प्रतिशत पाइन्छ भने ० ब्यालेन्समा यो खाता खोल्न सकिन्छ । सामाजिक सुरक्षा बचत भनेको सरकारबाट लाभार्थीहरूलाई भत्ता वितरण गर्न सहज बनाउनको लागि तयार पारिएको खाता हो ।
तलब बचत
यो खातामा ब्याजदर २ दशमलव ७५ पाइन्छ । भने, खाता खोल्न न्यूनतम मौज्दात १०० रुपैयाँ लाग्छ । यो कर्मचारीहरूको तलब र वित्तीय सुविधाहरू जम्मा गर्न प्रयोग हुन्छ ।








