पुरुष निर्देशकसँग कुनामा गफ गर्न २ पटक सोच्नुपर्छ: आँचल शर्मा

काठमाडौँ । अभिनेत्री आँचल शर्माले महिला निर्देशकसँग काम गर्दा आवश्यक परेको खण्डमा रातको १ बजे पनि ढोका ढकढक्याउन सकिने बताएकी छन् ।

गत शुक्रवार एक प्रेस मिटमा मकालुखबरले ‘पुरुष निर्देशक र महिला निर्देशकसँग काम गर्दा के फरक अनुभव गर्नुभयो ?’ भन्ने प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएकी हुन् ।

उनले भनिन् ‘एकदमै डिफरेन्स पाएको छु मैले । मैले अहिलेसम्म महिला निर्देशकसँग काम गर्ने अनुभव लिन पाएको थिइन् । एक त यत्रो धेरै महिला समूहसँग काम गर्ने अनुभव लिन पाएको थिइन् । निर्देशकसँग त झन् पहिलो पटक हो । 

पुरुष निर्देशकसँग अलि कुनामा गएर गफ गर्न नपाइने । नपाइने त होइन । दुई पटक सोच्नुपर्ने । तर हामी सामाजिक प्राणी भएको हिसाबले अर्कोले के सोच्छ भन्ने हिसाबले पनि त कदम चाल्नु पर्ने हुन्छ । त्यस्तो खण्डमा चाहिँ कुनामा गएर गफ गरिहाल्न अलि नमिल्ने । ढोका ढकढक्याउन पनि नमिल्ने त्यस्तो त्यस्तो अप्ठ्यारो हुने ।’ 

उनले पुरुष निर्देशकसँग कुनामा गएर गफ गर्नका लागि दुई पटक सोच्नुपर्ने बताइन् । त्यसैगरि महिला निर्देशकसँग काम गर्दा राति १ बजे पनि ढोका ढकढक्याउन पाएको अनुभव उनले सुनाइन् । जसले गर्दा चलचित्रको क्यारेक्टरलाई गहिरो गरी बुझ्न अझ सहज भएको उनको भनाई छ ।

त्यसले गर्दा पनि हाम्रो डिपर अनडरस्ट्यानडिङ हुँदैन जस्तो लाग्छ । क्यारेक्टरलाई लिएर । गफ धेरै गरे पो थाहा हुन्छ त । सहारा दिदी चाहिँ महिला भएर राति १ बजे पनि ढोका ढकढक्याउन पाए । त्यस्तो त्यस्तो कुराहरूमा चाहिँ सहजता मिल्ने रहेछ । त्यस्तो त्यस्तो कुराहरूमा चाहिँ सहजता मिल्ने रहेछ ।’ उनले भनिन् ।

त्यसैगरि, यसअघि नाम चलेका अनमोल केसी र पल शाह जस्ता अभिनेताहरूसँग काम गर्दै आएकी आँचल शर्मा पहिलोपल्ट आफैँ मुख्य भूमिकामा देखिँदै छिन् ।

उनी अभिनीत चलचित्र  ‘एक मुठ्ठी बादल’ आगामी जेठ १ गतेदेखि देशभरका हलहरूमा प्रदर्शन आउने तयारीमा छ । यसबीच फिल्म चलाउनै पर्ने दबाब आफूलाई नरहेको उनले बताइन् ।

भनिन् ‘दुई प्रकारको फिल्म हुन्छ । एउटा चल्ने फिल्म, एउटा हेर्ने फिल्म । ‘एक मुठ्ठी बादल’ हेर्ने फिल्म हो । महसुस गर्ने फिल्म हो । चल्ने नचल्ने त्यस्तो प्रेसर यो फिल्मको भएको छैन ।’

त्यसैगरि उनले चलचित्र  ‘एक मुठ्ठी बादल’ मा आफूले धेरै महिलाहरूलाई प्रतिनिधित्व गरेको भन्दै समाजमा महिलाहरूलाई सपना देख्न अझै रोकटोक भएको बताइन् । उनले कतिपयले त सपना देख्न नै नपाउने भन्दै महिलाहरू ‘एक मुठ्ठी बादल’ मा बाच्नुपर्ने अवस्था रहेको बताइन् ।

‘मैले त्यो क्यारेक्टर मार्फत धेरै महिलाहरूलाई प्रतिनिधित्व गरेर बोल्नु परेको हुनाले महिलाहरूलाई सपना देख्न अझै रोकटोक छ । कतिपयले त सपना देख्न नै पाउनुहुदैँन् पुरा गर्न त परको कुरा हो । त्यो खोसिएको चिजलाई आफ्नो बनाउन गाह्रै छ ।’ उनले भनिन् ।

उनले यस विषयमा भने आफू प्रिभलिज्ड रहेको भन्दै आजसम्म आफूले सोचेको कुरा पुरा गरिरहेको जानकारी दिइन् ।

उनले भनिन् ‘आकाश ठुलो छ, त्यस्तैगरि हाम्रा सपनाहरू पनि ठुला छन् । मैले आजसम्म  सोचेको कुरा त पुरा गरिरहेको छु । किनकि म सँग त चोइसेस थियो पुरा गर्नलाई । त्यस हिसाबले म प्रिभलिज्ड हुँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + ten =