दर्शकलाई चलचित्रसँग मतलब छ, विवाद सँग होइन: दीपकराज गिरी

काठमाडौँ । अभिनेता दीपकराज गिरीले दर्शकलाई विवादसँग नभई चलचित्रसँग मतलब रहेको बताएका छन् ।

शनिवार दिउँसो सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो बताएका हुन् ।

उनले लेखेका छन् ‘‘लाली बजार’ विभिन्न घृणा लाई चिर्दै अगाडि बढ्यो है ? मालती मङ्गले र गुरु आमाले पनि रफ्तार समात्ने छ, दर्शकलाई चलचित्रसँग मतलब छ, विवाद सँग होइन!!! ’

पछिल्लो समय जेनजी आन्दोलनमा प्रत्यक्ष संलग्न देखिएका भन्दै गायक रामकृष्ण ढकाल, निर्देशक निश्चल बस्नेत र स्वस्तिमा खड्काको चलचित्र बहिस्कार गर्नुपर्ने माग उठ्दै आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 4 =