संसदीय समितिका सभापतिसँग सभामुख अर्याल र राष्ट्रिय सभा अध्यक्ष दाहालको छलफल

काठमाडौं । सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संसदीय समितिका सभापतिहरूसँग छलफल गरेका छन् ।

सोमवार संघीय संसदअन्तर्गत राष्ट्रिय सभा र प्रतिनिधि सभाका संसदीय समितिका नवनिर्वाचित सभापतिहरुसँग समितिको कार्यसम्पादनलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्नुभएको संघीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले बताएका हुन् ।

प्रवक्ता गिरीले समितिहरूको कार्यक्षमता अभिवृद्धि, देखिएका चुनौतीहरूको पहिचान तथा समाधानका उपायका लागि संयुक्त बैठक बसेको बताएका हुन् ।

उनकाअनुसार बैठकमा समिति सभापतिहरुले उजुरी व्यवस्थापन प्रणालीको कमजोर अवस्था, पर्याप्त स्रोत–साधनको अभाव लगायतका समस्याहरू सम्बोधन गर्न माग गरेका छन् ।

समिति सभापतिहरूलाई कानुन दु्रत गतिमा कानून निर्माणको काम अघि बढाउन सभामुख अर्यालसँगै अध्यक्ष दाहालले आग्रह गरेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =