‘परालको आगो’को कमाई ३ करोड पार, ‘राम नाम सत्य’ सँग कडा टक्कर

काठमाडौँ । नेपाल चलचित्र विकास बोर्डको आधिकारिक सिनेपा बक्सअफिस प्रणालीले पछिल्लो साताको व्यापारिक विवरण सार्वजनिक गरेको छ ।

वैशाख १९ गते शनिबार राति ११:५९ सम्मको तथ्याङ्क अनुसार स्वदेशी चलचित्रहरूले बजारमा बलियो पकड जमाएका छन् ।

विशेष गरी ‘राम नाम सत्य’ र भर्खरै प्रदर्शनमा आएको ‘परालको आगो’ बीच व्यापारिक प्रतिस्पर्धा निकै रोचक देखिएको छ ।

‘राम नाम सत्य’ चलचित्रले हालसम्म कुल १ लाख २० हजार ९ सय २६ वटा टिकट बिक्री गर्दै बक्स अफिसमा आफ्नो दबदबा कायम राखेको छ । व्यापारिक रूपमा यसले तीन ३ करोड ३९ लाख ७३ हजार ४ सय ६६ रुपैयाँ ४४ पैसा आम्दानी गर्न सफल भएको छ ।

त्यस्तै चलचित्र ‘परालको आगो’ करिब एक साताअघि प्रदर्शनमा आएको भए तापनि यसले निकै छोटो समयमा १ लाख १० हजार ४ सय ४२ वटा टिकट बिक्री गरिसकेको छ । यस चलचित्रले हालसम्म कुल ३ करोड १२ लाख २७ हजार ९२ रुपैयाँ सन्ताउन्न पैसा संकलन गर्दै शीर्ष स्थानका लागि कडा टक्कर दिइरहेको छ ।

अर्कोतर्फ, चलचित्र ‘पहाड’ का लागि हालसम्म २० हजार २ सय ६५ वटा टिकट बिक्री भएका छन् । यस चलचित्रले बक्स अफिसमा कुल त्रिसठ्ठी लाख त्रियानब्बे हजार एक सय बासठ्ठी रुपैयाँ चौबीस पैसा को कारोबार गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + thirteen =