जानेर गलत गर्दिन, सही कुरामा पछि हट्दिन: निश्चल बस्नेत

काठमाडौँ । निर्देशक तथा कलाकार निश्चल बस्नेतले जाना जान गल्ती नगर्ने र सही कुरामा आफू पछि नहट्ने बताएका छन् ।

शुक्रवार सामाजिक सञ्जालमा एक तस्बिर पोस्ट गर्दै उनले यस्तो क्याप्सन लेखेका हुन् ।

‘मलाई कसैले सही देख्नुहुन्छ कसैले गलत देख्नुहुन्छ, म पनि मलाई कहिलेकाहीँ ठिक लाग्छ तर कहिलेकाहीँ लाग्दैन । जानेर गलत गर्दिन, सही कुरामा पछि हट्दिन ।’ उनले लेखेका छन् ।

आजदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लालीबजार’ अहिले विवादित बनेको छ ।

गत सोमबार वादी समुदायको तर्फबाट रोशनी नेपालीले उच्च अदालत पाटनमा चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै रिट दायर गरेकी थिइन् ।

त्यसको भोलीपल्ट उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले आगामी २२ वैशाखसम्म चलचित्र प्रदर्शन नगर्न आदेश दिएको थियो ।

यसबीच विवाद झनै चुलिँदै गएको देखिन्छ ।

भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’मा निर्देशक तथा कलाकार निश्चल बस्नेत र उनकी श्रीमती स्वस्तिमा खड्का पनि सहभागी रहेको भन्दै सामाजिक सञ्जालमा केही व्यक्तिहरूले यस चलचित्रलाई बहिस्कार गर्नुपर्ने बताइरहेका छन् ।

जसपश्चात् निश्चलले उक्त क्याप्सन लेखेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − eleven =