निश्चल दम्पतीलाई ज्योतिको प्रश्न- ‘शोषित वर्गको कथा बेचेर कुप्रथालाई बर्करार राख्नु कति उचित ?’

काठमाडौँ । गायिका ज्योति मगरले अभिनेत्री स्वस्तीमा खड्का अभिनित चलचित्र ‘लालीबजार’ सम्बन्धी विवादमा आफ्नो धारणा सार्वजनिक गरेकी छन् ।

शुक्रबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत उनले ‘लालीबजार’ बहिष्कारसम्बन्धी पोस्ट साझा गर्दै शोषित वर्गको कथा बेचेर कुप्रथालाई निरन्तरता दिनु कत्तिको उचित भन्ने प्रश्न उठाएकी हुन् ।

उनले लेखेकी छन्, ‘जातीय भेदभाव को अन्त्य खोज्ने, माफी माग्ने, कानुन पनि बन्ने तर उहीँ उत्पीडित र शोषित बर्ग को कथा बेचेर हरेक को मानशपटल मा उहीँ कुप्रथा लाई बर्करार राख्नु कति को उचित??? परिवर्तन को लागि देशै जलाउने “खराने ग्याङ” का नाइके हरु लाई प्रश्न …?????’

भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’मा निर्देशक तथा कलाकार निश्चल बस्नेत र उनकी श्रीमती स्वस्तीमा खड्का पनि सहभागी भएका थिए । उक्त आन्दोलनका क्रममा संसद भवन, सर्वोच्च अदालतलगायत राज्यका सम्पत्तिमा ठूलो क्षति पुगेको थियो ।

सोही आन्दोलनमा उनीहरूको सहभागितापछि ज्योति मगरले लक्षित गर्दै यस्तो प्रश्न उठाएकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 1 =