अझै क्यारेक्टरमै छु, केकीको केयर गर्छु: विपिन कार्की

काठमाडौँ । भर्सटायल अभिनेता विपिन कार्की यतिबेला आफ्नो आगामी चलचित्र ‘काजी’ को प्रचारप्रसारमा व्यस्त छन् ।

जेठ ८ गतेबाट प्रदर्शनमा आउन लागेको यस चलचित्रको गीत ‘वारि बर पारि पीपलु’ को सार्वजनिक कार्यक्रममा बोल्दै विपिनले अझै पनि आफ्नो चरित्रबाट बाहिर निस्कन नसकेको खुलासा गरेका छन् ।

केकीलाई सुटिङमा ‘रियल’ प्रेम र केयर

विपिनले सुटिङका क्रममा अभिनेत्री केकी अधिकारीलाई निकै माया र केयर गर्थे । सेटमा कसैले केकीलाई चित्त दुखाए वा राम्रो व्यवहार नगरे विपिन तुरुन्तै रिसाउँथे ।

यस विषयमा स्वीकारोक्ति दिँदै विपिनले भने –‘होनी । मैले स्वभाव नै त्यस्तो बनाएको हो । मेरो स्वभाव नै त्यस्तो छ । मैले को-एक्टरहरूलाई चाहि अलि केयर गर्नुपर्छ । म भन्दा महत्वपूर्ण उहाँहरू हो, मेरो स्टोरी टेलिङबाट । मैले सबैलाई नै प्रेम गर्छु ।’

‘कजिनी’ को प्रेमबाट कहिले बाहिरिनु भयो भन्ने प्रश्नमा उनले जिस्किँदै जवाफ दिए— ‘अझै गाह्रो भइरहेको छ । चलचित्र रिलिज नभएसम्म ।’

दयाहाङको ‘काजी’ भर्सेस विपिनको ‘काजी’

नेपाली फिल्म उद्योगमा ‘काजी’ भन्ने बित्तिकै दर्शकको मानसपटलमा दयाहाङ राईको नाम आउँछ । यो चुनौतीबारे प्रश्न गर्दा विपिनले निकै सटिक जवाफ दिए । विपिनले आफू पनि कबड्डी सिरिजको हिस्सा भइसकेकाले दयाहाङसँगको तुलनालाई स्वभाविक तर फरक परिवेशको भएको बताए ।

उनले भने ‘राजेश दाई भन्ने फिल्म बन्यो तर राजेश दाईले खेल्नुभएन, यो पनि त्यस्तै संयोग हो । दया दाईको काजी नाम हो, तर हाम्रो फिल्ममा ‘काजी’ भनेको खानदान हो । यो अर्कै खालको काजी हो ।’

रिजाल एन्ड रिजाल प्रोडक्सनको प्रस्तुति रहेको सिनेमाका प्रस्तुतकर्ता राम प्रसाद रिजाल हुन् । केकी र विपिनसहित सिनेमामा गरिमा शर्मा, हेमन्त बुढाथोकी, प्रकाश घिमिरे, विशाल पहारी, हिउँवाला गौतम, अनुराग कुँवर, सन्दीप बाबु लोहानी, विनोद न्यौपाने, रश्मि भट्ट, प्रीतिका शर्मा, प्रशंसा सुबेदी, नवराज गिरी र बाल कलाकार दिक्षिता अर्याल, आरव बराल, सुपला सापकोटाले लगायत कलाकारले अभिनय गरेका छन् ।

निर्माण टिमका अनुसार सिनेमा भावनात्मक तथा सामाजिक कथामा आधारित छ, जसले मानवीय सम्बन्ध, माया, पीडा र जिम्मेवारीका विभिन्न पाटाहरूलाई उजागर गर्ने प्रयास गरेको छ । आगामी जेठ ८ गतबाट देशभर प्रदर्शन हुनेछ । प्रदीप भारद्धाजको कथा लेखन रहेको सिनेमालाई चिन्तन राजभण्डारीले छायांकन गरेका हुन् ।

असिम काफ्ले कार्यकारी निर्माता रहेको सिनेमाका निर्मातामा राम प्रसाद रिजाल, नेहान रिजाल र विकाश राज जोशी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + six =