‘काजी’ को गीतमा आफूलाई देख्दा अचम्मित छु: हेमन्त बुढाथोकी (भिडिओ)

काठमाडौँ । कलाकार हेमन्त बुढाथोकीले आगामी जेठ ८ गते प्रदर्शन हुने चलचित्र ‘काजी’ को गीतमा आफू रहेको कुरा आज मात्र थाहा भएको बताएका छन् ।
बिहीबार (आज) काठमाडौँको रञ्जना सिनेप्लेक्समा यस चलचित्रको गीत ‘वारि बर पारि पीपलु’ सार्वजनिक गरिएको थियो । जसमा चलचित्रका मुख्य कलाकार विपिन कार्की, केकी अधिकारी, गरिमा पन्त लगायतका कलाकारहरूसहित हेमन्त पनि उपस्थित थिए ।
हलमा गीतको भिडिओ प्ले भएपछि मात्र आफू त्यसमा रहेको थाहा पाएको उनले बताएका छन् ।
‘फिल्मको गीतमा हिरो/हिरोइन नै हुन्छ प्राय । स्पेसल यो गीतमा तपाई पनि हुनुहुन्छ भनेर मलाई भनिएको थिएन ।’ उनले भने ‘गीतको लागि भनेर खिचिएको सट पनि होइन । त्यो अरू नै सिनको सट हो ।’
साथै उनले उक्त गीतमा त्यो सिन जबरजस्ती नथोपरिई सिचुएसनसंग मिल्ने भएकाले अन्तको दृश्य राखिएको बताएका छन् ।
गीतले फिल्मको कथा भन्न एकदमै सहयोग गरेको उनको भनाई छ ।
‘गीतमा नै फिल्मको धेरै कुराहरू आएको छ ।’ उनले भने ।








