‘शिक्षामा सीप’: विद्यार्थीका कला प्रदर्शनी सुरु (तस्बिरहरू)

काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको ‘शिक्षामा सीप’ कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले तयार पारेका स्केच तथा मूर्तिकलाको प्रदर्शनी बुधबार (वैशाख १६) देखि नक्सालस्थित ललितकला प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको छ ।

प्रदर्शनीको उद्घाटन प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले गरेका हुन् । आगामी शुक्रबारसम्म सञ्चालन हुने उक्त प्रदर्शनीमा १५ हप्ते स्केच तथा मूर्तिकला तालिम पूरा गरेका विद्यार्थीहरूको सिर्जना प्रस्तुत गरिएको छ ।

महानगरभित्रका ८३ सामुदायिक विद्यालयमध्ये ५९ माध्यमिक विद्यालयको मागअनुसार सञ्चालन गरिएको यस सीपमूलक तालिमले विद्यार्थीमा सिर्जनात्मक क्षमता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । तस्बिरहरू:-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 8 =