थापाथलीमा डोजरको त्रासमा निसास्सिएका सपनाहरूः घर भत्किँदा टुटेको मान्छेको सहारा (तस्बिरहरु)

एजेन्सी । आजको बिहानी थापाथलीको सुकुम्वासी बस्तीका बासिन्दाका लागि एउटा अभिशप्त बिहानी बनेर आयो ।

सयौंको संख्यामा तैनाथ सुरक्षाकर्मीहरूका बीच जब डोजरले बस्तीमा प्रवेश ग¥यो, तब त्यहाँ बसोबास गर्नेहरूको सानो संसार क्षणभरमै तहसनहस भयो ।

बाँस र जस्तापाताबाट बनाइएका घरहरू मात्र भत्किएनन्, ती घरहरूभित्र जोडिएका मान्छेका वर्षौंदेखिका सपनाहरू सडकमा छरपस्टिएका छन् ।

बालबालिकाको कापी–कितावदेखि वृद्ध वृद्धाको ओत लाग्ने थलोसम्म डोजरको पांग्राले किचेको छ । तस्बिरमा देखिएको एक वृद्धाको कारुणिक अनुहारले धेरै कुरा बोल्छ ।

घर भत्किरहेको दृश्य नियालिरहँदा उनको आँखामा देखिएको शून्यताले यो राज्य कतिसम्म कठोर हुनसक्छ भन्ने प्रश्न खडा गरेको छ ।

एउटा सामान्य ओतको लागि वर्षौंदेखि संघर्ष गरिरहेका यी मानिसहरू आज फेरि सडकमा आइपुगेका छन् ।

डोजरले घर त भत्कायो, तर ती मानिसहरूको मनमा पैदा भएको घाउ कहिले निको होला ? यो प्रश्न आज थापाथलीको धुलोमा उडिरहेका कागजातहरू जस्तै सडकमा छताछुल्ल भएको छ ।

आज थापाथलीको बस्तीमा केवल डोजरको आवाज सुनिएको छ, तर भत्किएका घरहरूभित्रबाट आउने रुवाइलाई सरकारले कसरी सुन्छ त्यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =