इरानबाट नेपाली युवा अमृत झा रिहा

काठमाडौं । इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा भएका छन् । उनलाई बुधबार रिहा गरिएको हो ।

परराष्ट्रमन्त्री शिशिर खनालले झा रिहा भएको पुष्टि गरेका छन् । उनका अनुसार इरानस्थित कन्सुलरसँगको समन्वयपछि झाको रिहाइ भएको हो ।

रिहाइबारे झाका परिवारजनलाई पनि सरकारी अधिकारीहरूले जानकारी गराइसकेको जनाइएको छ । उनका भिनाजु राजेश झाले आफूलाई सरकारी स्रोतबाट रिहाइको जानकारी प्राप्त भएको बताएका छन् ।

अमृत झा इजरायल–अमेरिका र इरानबीच तनाव बढ्नुअघि इन्धन लिन इरान पुगेका थिए । दुबईस्थित एक जहाज कम्पनीमा क्याप्टेनका रूपमा कार्यरत उनलाई तेल लिएर फर्किने क्रममा नियन्त्रणमा लिइएको थियो ।

दुई वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई पुगेका झा ‘ब्ल्याक सी मरिन एलएलसी’ कम्पनीको जहाजमा कार्यरत थिए । उनीसँगै केही भारतीय नागरिक पनि पक्राउ परेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − three =