काँग्रेस केन्द्रीय अनुशासन समिति बैठक सुरु

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय अनुशासन समितिको बैठक सुरु भएको छ ।

निःवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेता पूर्णबहादुर खड्काले पार्टीभित्र समानान्तर गतिविधि अघि बढाएपछि स्पष्टीकरण लिने योजनासहित सो बैठक बोलाइएको हो ।

पार्टी मुख्यालय सानेपामा सुरु भएको बैठकमा तत्कालीन कार्यवाहक सभापति समेत रहेका खड्कालाई स्पष्टीकरण सोध्ने विषयमा छलफल हुने बताइएको छ ।

नेता खड्काले यसअघि पनि पार्टीमा अनधिकृत रूपमा वक्तव्य जारी गरेको भन्दै सचेत गराइएको थियो । खड्काले गत सोमवार कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेर पार्टीको क्रियाशील सदस्यता खारेज भएको घोषणाप्रति आपत्ति जनाएका थिए ।

विज्ञप्ति लगत्तै कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको थियो । १८ चैतमा बसेको अनुशासन समितिले कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरे कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो ।

त्यसअघि खड्काले १४ चैतमा कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको सरकारबाट भएको पक्राउको विरोध गरेका थिए । त्यसपछि उनले १७ चैतमा कार्यवाहक सभापतिको हैसियतमै १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाएर दुई दिन छलफल गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 8 =