स्वास्थ्य मन्त्री निशा मेहतासँग ३० तोला सुन र ५० तोला चाँदी, बैंकमा १७ लाखभन्दा बढी
२०८२ चैत २९ गते

काठमाडौं । स्वास्थ्य मन्त्री निशा मेहतासँग ३० तोला सुन र ५० तोला चाँदी रहेको पाइएको छ ।
आइतबार सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार उनको नाममा उक्त परिमाणको सुन तथा चाँदी रहेको उल्लेख गरिएको छ । उक्त सुन–चाँदीको स्रोत दाइजो, उपहार र आफैंले खरिद गरेको बताइएको छ ।
त्यस्तै, काठमाडौंको सौखेलमा ७ आना जग्गा रहेको विवरणमा जनाइएको छ। सो जग्गाको स्रोत श्रीमान् र आफ्नो तलब तथा ऋण रहेको उल्लेख गरिएको छ ।
बैंक खातातर्फ माछापुच्छ्रे बैंकमा ७ लाख २३ हजार ५३५ रुपैयाँ र सानिमा बैंकमा १० लाख रुपैयाँ मौज्दात रहेको विवरणमा उल्लेख छ ।
त्यसैगरी, करिब २५ लाख रुपैयाँ मूल्य पर्ने ब्रान्ड आई१० गाडीसमेत रहेको र उक्त गाडीको खरिद मूल्य २५ लाख रुपैयाँ रहेको विवरणमा जनाइएको छ ।
२०८२ चैत २९ गते
प्रतिक्रिया
सम्बन्धित









