हाजिरी जमानीमा रिहा भए सागर लम्साल ‘बले’

काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ हाजिरी जमानीमा रिहा भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एक प्रहरी अधिकारीका अनुसार उनी आज हाजिरी जमानीमा रिहा भएका हुन् ।

गत चैत २१ गते शनिवार प्रहरीले अभद्र व्यवहारसम्बन्धी कसुरमा लम्साललाई बुढानीलकण्ठबाट पक्राउ गरेको थियो ।

उनीमाथि अमेरिकामा रहँदै आएकी एक युवतीले बलात्कार आरोप लगाएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + six =