६ दशकपछि कान्समा नेपाली फिल्म: ‘एलिफेन्ट्स इन द फग’ छनोट
२०८२ चैत २७ गते

काठमाडौँ । नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ ७९औँ कान्स चलचित्र महोत्सवको ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट भएको छ ।
यस सँगै नेपाली फिल्मले अन्तर्राष्ट्रिय मञ्चमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ ।
करिब ६ दशकपछि कान्समा आधिकारिक रूपमा छनोट हुने यो पहिलो नेपाली फिल्म हो ।
फिल्मले जंगली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बस्ने एक अल्पसंख्यक परिवारको कथा देखाउँछ । यसमा नयाँ अनुहारका कलाकारसँगै गौरी मल्ल लगायतका कलाकारको अभिनय रहेको छ ।
अविनाश विक्रम शाहद्वारा लिखित तथा निर्देशित फिल्म अण्डरग्राउण्ड टकिज नेपाल र जयन्ती कृएसन्स्को सहकार्यमा बनेको हो, जसमा फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका कम्पनीहरूको पनि सहभागिता छ ।
कान्स महोत्सव आगामी मे १२ देखि सुरु हुनेछ ।
२०८२ चैत २७ गते
प्रतिक्रिया
सम्बन्धित








