चुरे संरक्षणको मागसहित माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । चुरे तथा वनजंगल संरक्षण अभियान नेपालले चुरे क्षेत्रको संरक्षणका लागि सरकारको ध्यानाकर्षण गराउँदै अवैध अतिक्रमण हटाउन, ढुङ्गा–गिट्टी–बालुवाको उत्खनन रोक्न र अवैध क्रसर उद्योग बन्द गर्न माग राख्दै माइतीघरमा प्रदर्शन गरेको छ ।

अभियानले चुरे–भावर क्षेत्रलाई संरक्षण क्षेत्र घोषणा गर्न, उत्खननसम्बन्धी मापदण्ड कडाइका साथ कार्यान्वयन गर्न तथा वन क्षेत्रबाट हुने गतिविधिमा सम्बन्धित निकायको अनिवार्य समन्वय हुनुपर्ने माग राखेको छ ।

यस्तै, प्रदूषित नदी–नाला सफा गर्न, प्रदूषण नियन्त्रण बोर्ड गठन गर्न तथा तराई–मधेसको पानी संकट समाधानका लागि चेकड्याम निर्माण र जीर्ण सिँचाइ आयोजनाको स्तरोन्नति गर्न माग गरिएको छ । साथै, चुरेसम्बन्धी सरकारी निकायका कामको उच्चस्तरीय छानबिन गर्नुपर्नेमा पनि जोड दिइएको छ। तस्बिरहरू:

chure samraxan ..mk chure samraxan ..mk chure samraxan ..mk chure samraxan ..mk chure samraxan ..mk chure samraxan ..mk chure samraxan ..mk chure samraxan ..mk chure samraxan ..mk chure samraxan ..mk

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + five =