बक्स अफिसमा ‘हामी तीन भाइ’ फिक्का, ६ लाख कमाइ

काठमाडौँ । चैत १३ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘हामी तीन भाइ’ ले करिब ६ लाख रुपैयाँ कमाएको छ ।
जम्मा २ हजार २ सय ८५ वटा टिकट बिक्री हुँदा शनिवार राति १२ बजेसम्म यस चलचित्रले ६ लाख ३२ हजार ३ सय ४४ रुपैयाँ कमाएको साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्टले जानकारी दिएको हो ।
स्वदेशी चलचित्रतर्फ एकल रूपमा प्रदर्शनमा आएको यस चलचित्रले बक्स अफिसमा कुनै कमाल गर्न सकेन ।
दाजुभाइको सम्बन्ध, प्रेम र दरारको कथा रहेको चलचित्र ‘हामी तीन भाइ’ लाई मधुसुधन भट्टराईले निर्देशन गरेका हुन् ।
कमेडी तथा सामाजिक कथामा आधारित यस फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जान्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटाको अभिनय छ ।
प्रसिद्धि सिने आर्ट्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई त्रिरन्त श्रेष्ठ र मनोज श्रेष्ठले निर्माण गरेका हुन् ।








