सागर लम्साल पक्राउपछि ‘डल्लेले इन्ट्री मार्यो’ को प्रदर्शन स्थगित

काठमाडौँ । चलचित्र ‘डल्लेले इन्ट्री मार्यो’ को प्रदर्शन स्थगित भएको छ ।

चलचित्रका मुख्य कलाकार सागर लम्साल बलात्कार आरोप बीच पक्राउ परेपछि आगामी चैत २७ गतेबाट प्रदर्शनमा आउने भनिएको यस चलचित्रको प्रदर्शन हाललाई स्थगित गरिएको हो ।

निर्देशक राजु गिरीले यस बारे जानकारी दिएका हुन् ।

उनले चलचित्र ‘डल्लेले इन्ट्री मार्यो’ को प्रदर्शन स्थगित भएको जानकारी दिँदै सामाजिक सञ्जालमा लेखेका छन् ‘फिल्म चल्ने समय आउन लाग्यो भनेर यो विवाद निम्त्याएको भन्ने जस्तो लाग्यो । दोषी लाई सजाय होस । निर्दोषी नफसुन् । तर दुखीको भगवान् र जनता हुनुहुन्छ ।’

चलचित्रलाई राजु गिरीले निर्देशन गरेका हुन् । पटकथा र संवाद लक्ष्मण सुवेदीले लेखेका छन् । उनले यसअघि आधा दर्जनभन्दा बढी फिल्म लेखन र निर्देशन गरिसकेका छन् ।

फिल्ममा सागर लम्साल (बले) का अलवा रोशनी खड्का, रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, रबिन्द्र झा, कैलास रावत, बिशाल पहाडी, ध्रुव कोइराला, साबित्रा चिलुवाल, आशा पौडेल, लक्ष्मीनाथ तिमिल्सिना, ओसिन भट्टराई, मोहनकृष्ण श्रेष्ठ, सुचेन्द्र परियार, रामहरि खड्का, रमेश अधिकारी,माधबा खनाल,सुस्मा के सी नबराज गिरि लगायत कलाकारको अभिनय छ । निर्देशक राजु गिरी स्वयंले पनि अभिनय गरेका छन् । बालकलाकारमा कंगना गिरी,रोनिश खड्का र काजल गिरी रहेका छन् ।

मुख्य सहायक निर्देशक बिनयराज पौडेल, छायांकन श्याम तामाङ, निर्माण व्यवस्थापन सुमन काफ्ले, कथा उमेश कुमार बस्नेत, र निर्माता सावित्री चिलुवाल, आशिक बस्नेत, आदर्श बस्नेत, निर्मला बस्नेत, सरिता पुरी गिरी रहेका छन् ।

फिल्म उषा फिल्म्स प्रालि को ब्यानरमा निर्माण भएको हो भने वितरण नेसनल सिने ग्रुपले गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 14 =