हिरासतमा सागर लम्साल भावुक- ‘१७ वर्षको इज्जत १७ सेकेन्डमा गयो’

काठमाडौँ । कलाकार सागर लम्सालले सत्र वर्ष मेहनत गरेको फल आज १७ सेकेन्डमा इज्जत गएको बताएका छन् ।

उनीमाथि अमेरिकामा रहँदै आएकी एक युवतीले बलात्कार आरोप लगाएकी थिइन् । एक वर्ष अघि अमेरिकामै लम्सालले बलात्कार गरेको ती युवतीको आरोप छ ।

गत शनिवार लम्साल बूढानीलकण्ठबाट पक्राउ परेका थिए । यससँगै लम्सालमाथि अनुसन्धान गर्न चौतर्फी दबाब परेको थियो ।

तर, हालसम्म उनीविरुद्ध प्रहरीमा औपचारिक किटानी जाहेरी दर्ता भएको छैन । यही कारणले प्रहरीले अभद्र व्यवहारसम्बन्धी कसुरअन्तर्गत प्रमुख जिल्ला अधिकारीसँग हिरासतको अनुमति मागेको हो ।

यसैबीच, कलाकार सागर लम्साल ‘बले’लाई अनुसन्धानका लागि पाँच दिनसम्म हिरासतमा राख्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले प्रहरीलाई हिजो आइतबार अनुमति दिएको छ ।

हिरासतमा रहेका सागरलाई भेट्न पुगेका निर्देशक राजु गिरीका अनुसार लम्सालले सत्र वर्ष मेहनत गरेको फल आज १७ सेकेन्डमा इज्जत गयो भन्दै आँखाबाट आशु झरेका थिए ।

‘सागरको आँखाबाट आशु झरेको देखि, मेरो पनि आशु झर्यो, सत्यको जित हुन्छ भनेर आए । ’ निर्देशक गिरीले भनेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 19 =