‘राम नाम सत्य’ को ट्रेलर देखेर दर्शक अलमलमा, कथा बुझ्न गाह्रो!

काठमाडौँ । अभिनेता विराज भट्ट अभिनीत चलचित्र ‘राम नाम सत्य’ को ट्रेलर सार्वजनिक भएको छ ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच ३ मिनेट १५ सकेण्ड लामो ट्रेलर सार्वजनिक भएको हो ।

सार्वजनिक ट्रेलरमा कहिले अभिनेता विराज भट्ट र सुशील श्रेष्ठ बीचको टकराबलाई देख्न सकिन्छ त कहिले अन्य भिलेनहरूसंगको फाइटलाई देखाइएको छ । यसका साथै चलचित्रले अन्यायविरुद्ध लड्ने पात्रको कथा, प्रेम, बदला र भावनात्मक उतारचढावलाई पनि समेटिएको छ । चलचित्रको ट्रेलरले दर्शकहरू माझ झनै अन्यौलता थपिदिएको छ । यद्यपि अभिनेता भट्टका फ्यानहरू भने ‘राम नाम सत्य’ चलचित्र रिलिजको व्यग्र प्रतीक्षामा देखिन्छन् ।

चलचित्र आगामी चैत्र २७ गते नेपाली नयाँ वर्षको छेको पारेर प्रदर्शनमा आउने छ ।

माइकल चन्दको निर्देशनमा निर्माण भएको सिनेमामा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुषसिंह ठकुरी, सुनिल थापा, प्रशान्त ताम्राकार, खुसी कार्की, दिनेश डिसी, सुधीर श्रेष्ठ लगायतको अभिनय रहेको छ । सिनेमामा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ भने किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माता तथा मोती कार्की क्रियटिभ निर्मातामा छन् ।

माइकल इन्टरटेन्मेन्टको हाउसको प्रस्तुतिमा निर्देशक चन्द स्वयंको लेखन रहेको सिनेमामा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, बन्दे प्रसादको सम्पादन, सियोन श्रेष्ठको कोरियोग्राफी, बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवाज अन्सारीको संगीत तथा काला चरणको पार्श्व संगीत छ ।

हेर्नुहोस् ट्रेलर:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =