सडक र मन्दिर बने तर जनताको अवस्था फेरिएन: महन्थ ठाकुर

काठमाडौँ । राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरले नेपालमा भएका विभिन्न राजनीतिक आन्दोलनले व्यवस्था बदले पनि जनताको अवस्था बदल्न नसकेको टिप्पणी गरेका छन् ।

राष्ट्रिय सभाको बैठकमा बोल्दै ठाकुरले राष्ट्रिय गानको भावना र देशको यथार्थबीच ठुलो खाडल रहेको औँल्याएका हुन् ।

उनले नेपालको सार्वभौमसत्ता बाहिर गएको त छैन रु भन्दै प्रश्न गरे । नेपालको राजनीतिक इतिहासको चर्चा गर्दै ठाकुरले वि.सं. १९९७ देखि २००७, २०१७, २०३६, २०४६ हुँदै २०६२/६३ सम्मका आन्दोलनहरू कसैको वरदान नभई हजारौँको बलिदानको उपज भएको बताए । समानता, स्वतन्त्रता र राष्ट्रियताका लागि सङ्घर्ष गरेको भएपनि व्यवहारमा त्यो नदेखिएको ठाकुरको तर्क छ ।

अधिकार माग्नेहरूलाई ‘अलगाववादी’ भनिएकोमा आपत्ति जनाउँदै उनले सत्तामा बस्नेहरूले आफ्नो कुर्सी खतरामा पर्दा मात्र राष्ट्रियताको नारा लगाउने गरेको आरोप लगाए ।

उनले भने ‘प्रत्येक १० वर्षमा यहाँ परिवर्तन हुँदो रहेछ । सडकको अनुहार राम्रै देखिन्छ, मठ–मन्दिरको रेखदेख भएको छ, तर जनताको के रु किन प्रत्येक पटक यो अवस्था दोहोरिन्छ रु किनकि यहाँ बेरोजगारी छ । युवाहरू विदेश जान बाध्य छन् र त्यहाँबाट किड्नी फेल गराएर फर्किन्छन् ।’

मुलुकमा गणतन्त्र आएपनि पुराना शक्तिहरू अझै लुकिछिपी सक्रिय रहेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =