नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु
२०८२ चैत १९ गते

काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) बिहीबारबाट सुरु भएको छ ।
यही चैत २३ गतेसम्म चल्ने महोत्सवको नवौँ संस्करणको बिहीबार काठमाडौँमा उद्घाटन गरिएको हो ।
महोत्सवको उद्घाटन सत्रमा बलिउड फिल्म ‘सोले’ का निर्देशक रमेश सिप्पीसहित स्वदेशी तथा विदेशी चलचित्रकर्मीहरूको बाक्लो उपस्थिति छ ।
महोत्सव अवधिभर स्वदेशी तथा विदेशी चलचित्रहरू प्रदर्शन गरिने बताइएको छ । महोत्सवले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सशक्त फिल्म उत्सव हुने आयोजकको विश्वास छ ।
२०८२ चैत १९ गते
प्रतिक्रिया
सम्बन्धित








