घोडाघोडी नगरपालिकाद्वारा निःशुल्क शववाहन सेवा सञ्चालन
२०८२ चैत १७ गते

घोडाघोडी । यहाँको घोडाघोडी नगरपालिकाले निःशुल्क शववाहन सेवा सञ्चालनमा ल्याएको छ ।
सवारीसाधनको अभावका कारण मृतकको शव आर्यघाटसम्म पु¥याउन परिवारले भोग्नुपरेको कठिनाइलाई मध्यनजर गर्दै सेवा सुरु गरिएको नगरप्रमुख खडकबहादुर रावतले बताए ।
उनले भने “दुःखको बेला नागरिकले आर्थिक, सामाजिक तथा व्यवस्थापकीय समस्या झेल्न नपरोस् भन्ने मानवीय सोचका साथ सेवा सञ्चालनमा ल्याइएको हो । यसले महँगो भाडा तिर्न बाध्य हुने अवस्थालाई पनि अन्त्य गर्ने विश्वास छ ।”
नगरपालिकाले ठेक्का प्रक्रियामार्फत करिब रु २८ लाख ८९ हजारको लागतमा आधुनिक सुविधा सम्पन्न शववाहन खरिद गरेको नगरप्रमुख रावतले जानकारी दिए ।
२०८२ चैत १७ गते
प्रतिक्रिया
सम्बन्धित









