समिर भट्टको आग्रह- भ्रमित समाचार सम्प्रेषण नगरिदिनूस्
२०८२ चैत १७ गते

काठमाडौँ । अभिनेता समिर भट्टले भ्रमित समाचारहरू सम्प्रेषण नगरिदिन आग्रह गरेका छन् ।
मङ्गलवार सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै उनले आफू चलचित्र ‘१२ गाउँ–२’ को तयारी रहेको भन्दै अरू कुनै सिनेमामा साइन नगरेको जानकारी दिए ।
उनले लेखेका छन् ‘म अहिले १२ गाउँ- 2 को तयारीमा छु। चाँडै हामी छायांकन (shooting) मा जाने क्रममा छौँ। यो सिनेमाबाहेक मैले अरू कुनै पनि सिनेमा साइन गरेको छैन। भ्रमित समाचारहरू सम्प्रेषण नगरिदिनुहुन अनुरोध गर्दछु!!’
उनले चलचित्र ‘१२ गाउँ–२’ को टिम अब चाँडै छायाङ्कनमा जाने क्रममा रहेको जानकारी दिएका छन् ।
२०८२ चैत १७ गते
प्रतिक्रिया
सम्बन्धित








