शाहरुखको ‘जवान’ लाई उछिन्दै ‘धुरन्धर २’ को ऐतिहासिक ओपनिङ
२०८२ चैत ६ गते

काठमाडौँ । धुरन्धर-२ अहिलेसम्मकै सबैभन्दा धेरै बलिउड ओपनर फिल्म बनेको छ ।
बक्स अफिस कलेक्शन पहिलो दिनमा १०० करोड रुपैयाँको आँकडा पार गर्यो, भारतभर २१,७२८ शोबाट १०२.५५ करोड रुपैयाँ कमाई गर्दै, यो फिल्म धेरै बलिउड ओपनर फिल्म बनेको हो ।
यसले शाहरुख खानको जवानको पहिलो दिनको कलेक्शनलाई उछिनेको छ, सबैभन्दा धेरै ओपनिङ गर्ने हिन्दी फिल्म मात्र होइन, पहिलो दिनमा यति ठूलो ओपनिङ गर्ने एक मात्र ए–रेटेड भारतीय फिल्म पनि बनेको छ ।
सशुल्क पूर्वावलोकनबाट ४३ करोड रुपैयाँ कमाएको धुरन्धर-२ को कुल बक्स अफिस कलेक्शन अब १४५.५ करोड रुपैयाँ पुगेको छ ।
आदित्य धरले लेखन, निर्माण र निर्देशन गरेको ‘धुरन्धर स् द रिभेन्ज’मा रणवीर सिंह मुख्य भूमिकामा छन् ।
यस फिल्ममा अर्जुन रामपाल, सञ्जय दत्त, सारा अर्जुन, राकेश बेदी र दानिश इकबालको महत्वपूर्ण भूमिका रहेको छ ।
२०८२ चैत ६ गते
प्रतिक्रिया
सम्बन्धित








