यी हुन् रास्वपाका सिफारिस समानुपातिक सांसद, केही अपेक्षित नाम छुटे (सूचिसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ जितेको ५७ सिटका लागि आफ्ना विजयी उम्मेदवारको नाम सिफारिस गरेको छ ।
पार्टीले निर्वाचन आयोगमा बुझाउने सूचीमा केही अपेक्षित नाम छुटेका छन् भने केही अनपेक्षित नाम समेटिएका छन् ।
खस–आर्य क्लष्टरमा रास्वपाले १६ महिला र एक मात्र पुरुष उम्मेदवार सिफारिस गरेको छ । पुरुषतर्फ पहिलो नम्बरमा रहेका रमेश प्रसाईँ सिफारिस भएका छन् भने दोस्रो स्थानमा रहेका सुदीप ढकाल र तेस्रो स्थानमा रहेका प्रमोद न्यौपाने अटाउन सकेनन् ।
सुदीप ढकाल बालेन्द्र शाह (बालेन) निकट मानिन्छन् भने प्रमोद न्यौपाने रवि लामिछाने निकट मानिने नेता हुन् ।
आदिवासी जनजातितर्फ १३ महिला र ३ पुरुष सिफारिस भएका छन् । पुरुषतर्फ राम लामा, खुश्बु सरकार श्रेष्ठ र मिङ्मा ग्याबु शेर्पा परेका छन् । राम लामा र मिङ्मा ग्याबु शेर्पा बालेनको कोटाबाट समेटिएको बताइएको छ ।
मधेसी क्लष्टरमा ६ महिला र ३ पुरुष तथा दलित क्लष्टरमा ७ महिला र १ पुरुष सिफारिस गरिएको छ । दलित पुरुषतर्फ दोस्रो नम्बरमा रहेका प्रकाश सपुत सूचीमा अटाउन सकेनन् ।
थारु क्लष्टरबाट २ महिला र २ पुरुष तथा मुस्लिम क्लष्टरबाट ३ महिला सिफारिस भएका छन् ।
खस–आर्य
• प्रतिभा रावल
• रचना खतिवडा
• लिमा अधिकारी
• विदुषी राणा
• समीक्षा बास्कोटा
• श्रद्धा कुँवर
• टीका सङ्ग्रौला
• क्रान्ति शिखा धिताल
• आकृति अवस्थी
• सृष्टि भट्टराई
• मञ्जु भुसाल
• प्रभा कार्की
• शोभा खनाल
• रत्ना कुमारी थापा
• ज्ञानु पौडेल
• प्रभा ढकाल
• रमेश प्रसाईँ
आदिवासी जनजाति
• बसुमाया तामाङ
• गङ्गा छन्त्याल
• सुन्नीमा उदास
• अनुष्का श्रेष्ठ
• ओजस्वी शेरचन
• सिर्जना श्रेष्ठ
• रजनी श्रेष्ठ
• कुसुम महर्जन
• भूमिका श्रेष्ठ
• प्रमीला कुलुजु
• सुजाता तामाङ
• कृपा महर्जन
• एलिजा गुरुङ
• राम लामा
• खुश्बु सरकार श्रेष्ठ
• मिङ्मा ग्याबु शेर्पा
मधेसी
• पुनमकुमारी अग्रवाल
• निशा मेहता
• ललिता कुमारी
• अंकिता ठाकुर
• सरिता महतो
• कामिनी कुमारी
• पुरुषोत्तम सुप्रभात यादव
• खगेन्द्र कर्ण
दलित
• रीमा विश्वकर्मा
• अमृता विक
• सीता बादी
• स्मृति सेन्चुरी
• सुष्मा स्वर्णकार
• तारा विश्वकर्मा
• खिमा विक
थारु
• गीता चौधरी
• करिस्मा कठरिया
• सुरेन्द्र चौधरी
• प्रेमलाल चौधरी
मुस्लिम
• समिना मिया
• अफ्साना बानु
• गलाजा शमीम मिकरानी








