यी हुन् रास्वपाका सिफारिस समानुपातिक सांसद, केही अपेक्षित नाम छुटे (सूचिसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ जितेको ५७ सिटका लागि आफ्ना विजयी उम्मेदवारको नाम सिफारिस गरेको छ ।

पार्टीले निर्वाचन आयोगमा बुझाउने सूचीमा केही अपेक्षित नाम छुटेका छन् भने केही अनपेक्षित नाम समेटिएका छन् ।

खस–आर्य क्लष्टरमा रास्वपाले १६ महिला एक मात्र पुरुष उम्मेदवार सिफारिस गरेको छ । पुरुषतर्फ पहिलो नम्बरमा रहेका रमेश प्रसाईँ सिफारिस भएका छन् भने दोस्रो स्थानमा रहेका सुदीप ढकाल तेस्रो स्थानमा रहेका प्रमोद न्यौपाने अटाउन सकेनन् ।

सुदीप ढकाल बालेन्द्र शाह (बालेन) निकट मानिन्छन् भने प्रमोद न्यौपाने रवि लामिछाने निकट मानिने नेता हुन् ।

आदिवासी जनजातितर्फ १३ महिला पुरुष सिफारिस भएका छन् । पुरुषतर्फ राम लामा, खुश्बु सरकार श्रेष्ठ मिङ्मा ग्याबु शेर्पा परेका छन् । राम लामा मिङ्मा ग्याबु शेर्पा बालेनको कोटाबाट समेटिएको बताइएको छ ।

मधेसी क्लष्टरमा महिला पुरुष तथा दलित क्लष्टरमा महिला पुरुष सिफारिस गरिएको छ । दलित पुरुषतर्फ दोस्रो नम्बरमा रहेका प्रकाश सपुत सूचीमा अटाउन सकेनन् ।

थारु क्लष्टरबाट महिला पुरुष तथा मुस्लिम क्लष्टरबाट महिला सिफारिस भएका छन् ।

खस–आर्य

प्रतिभा रावल
रचना खतिवडा
लिमा अधिकारी
विदुषी राणा
समीक्षा बास्कोटा
श्रद्धा कुँवर
टीका सङ्ग्रौला
क्रान्ति शिखा धिताल
आकृति अवस्थी
सृष्टि भट्टराई
मञ्जु भुसाल
प्रभा कार्की
शोभा खनाल
रत्ना कुमारी थापा
ज्ञानु पौडेल
प्रभा ढकाल
रमेश प्रसाईँ

आदिवासी जनजाति

बसुमाया तामाङ
गङ्गा छन्त्याल
सुन्नीमा उदास
अनुष्का श्रेष्ठ
ओजस्वी शेरचन
सिर्जना श्रेष्ठ
रजनी श्रेष्ठ
कुसुम महर्जन
भूमिका श्रेष्ठ
प्रमीला कुलुजु
सुजाता तामाङ
कृपा महर्जन
एलिजा गुरुङ
राम लामा
खुश्बु सरकार श्रेष्ठ
मिङ्मा ग्याबु शेर्पा

मधेसी

पुनमकुमारी अग्रवाल
निशा मेहता
ललिता कुमारी
अंकिता ठाकुर
सरिता महतो
कामिनी कुमारी
पुरुषोत्तम सुप्रभात यादव
खगेन्द्र कर्ण

दलित

रीमा विश्वकर्मा
अमृता विक
सीता बादी
स्मृति सेन्चुरी
सुष्मा स्वर्णकार
तारा विश्वकर्मा
खिमा विक

थारु

गीता चौधरी
करिस्मा कठरिया
सुरेन्द्र चौधरी
प्रेमलाल चौधरी

मुस्लिम

समिना मिया
अफ्साना बानु
गलाजा शमीम मिकरानी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + twenty =