कतारबाट फर्कन चाहने नेपालीलाई आवेदन दिन दूतावासको अनुरोध

काठमाडौँ । कतारबाट नेपाल फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन दोहास्थित नेपाली दूतावासले अनुरोध गरेको छ ।

आज एक सूचना जारी गर्दै दूतावासले यस्तो अनुरोध गरेको हो ।

उक्त सूचनामा नेपाल फर्कन इच्छुक नेपालीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिन आग्रह गरिएको छ ।

मध्यपूर्वको वर्तमान परिस्थितिका कारण साउदी अरेबियाका विमानस्थल हुँदै नेपाल यात्रा गर्नुपर्ने भएकाले वैध आवासीय अनुमतिपत्र (कतार आइडी) भएका कतारमा बसोबास गर्ने नेपाली नागरिकहरूलाई दोहास्थित ताशिर साउदी भिसा सेवा केन्द्रमार्फत पर्यटक भिसाका लागि आवेदन दिन अपोइन्टमेन्ट बुक गर्न अनुरोध गरिएको छ ।

साथै थप जानकारीका लागि आवेदकहरूले भिसा सेवा केन्द्रको फोन नम्बर ५०६६०६२२ मा सम्पर्क गर्न सकिने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − six =