भदौ २३ र २४ को घटना बुझाउन नसक्दा नेतृत्वमाथि भ्रम फैलियो: एमाले (भिडिओ)

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीले गरेका राम्रा कामहरू र महत्त्वपूर्ण राजनीतिक घटनाक्रमबारे जनतालाई सही ढङ्गले बुझाउन नसक्दा पार्टीले अहिलेको परिणाम भोग्नुपरेको स्वीकार गरेका छन् ।

गत भदौ २३ र २४ गतेका घटनाक्रमलाई जनतासमक्ष सही रूपमा सम्प्रेषण गर्न नसक्नु पार्टीको मुख्य कमजोरी रहेको उनले बताएका हुन् ।

आफ्नो व्यक्तिगत धारणा राख्ने क्रममा भट्टले पार्टीको समग्र समीक्षापछि मात्रै आधिकारिक निष्कर्ष निस्कने भएपनि आफूले देखेका कमजोरीहरू पार्टी कमिटीमै राख्ने बताए ।

उनले भने ‘हामीले गरेका कामलाई तलसम्म जनतासँग पुर्याउन सकेनौँ । भदौ २३ र २४ को घटनालाई पनि ठिक ढङ्गले जनतासमक्ष सम्प्रेषण गर्न सकेनौँ । त्यसको परिणाम नै अहिले हामीले भोगिरहेका छौँ र यसलाई स्विकारेर अगाडि बढ्नुपर्छ ।’

उनकाअनुसार ती घटनाक्रमहरू कसरी भए, त्यसमा पार्टी र नेतृत्वको भूमिका के थियो भन्ने यथार्थ कुरा जनतामाझ पुग्न नसक्दा पर्दा पछाडिका खेलहरूले प्रश्रय पाएका हुन् । जसका कारण एमाले र यसको नेतृत्वमाथि सुनियोजित रूपमा आक्रमण भयो र जनतामाझ एउटा गलत भाष्य खडा गरियो । त्यही भ्रम र गलत भाष्यका कारण जनमत एमालेको विपरीत गएको उपमहासचिव भट्टको प्रारम्भिक बुझाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 18 =