इरानबाट १८ चिनियाँ नागरिकको उद्धार
२०८२ फागुन १९ गते

इरान । इरान र संयुक्त राज्य अमेरिका तथा इजरायलबीचको द्वन्द्व जारी रहेका बेला १८ चिनियाँ नागरिकलाई इरानबाट अजरबैजान उद्धार गरिएको छ । इरानसँगको सिमानामा रहेको दक्षिणी अजरबैजानको अस्टारा चेकपोइन्टमा उद्धार गरिएका व्यक्तिहरू देश प्रवेश गरेको बताइएको छ ।
अजरबैजानस्थित चिनियाँ दुतावासले व्यवस्था गरेको एउटा बसले पहिलो समूहलाई लिएर चेकपोइन्ट छोडेको थियो । दुतावासकाअनुसार उद्धार गरिएकाहरूलाई अजरबैजानको राजधानी बाकुमा सारिनेछ ।
अजरबैजानस्थित चिनियाँ दुतावासले फेब्रुअरी २८ मा कन्सुलर अलर्ट जारी गर्दै अजरबैजान प्रवेश गर्ने वा देश हुँदै स्वदेश फर्कने चिनियाँ नागरिकहरूलाई आवश्यक सहयोग उपलब्ध गराउने बताएको थियो ।
२०८२ फागुन १९ गते
प्रतिक्रिया
सम्बन्धित








