अमेरिकालाई हराउँदै बेल्जियम क्वार्टरफाइनलमा

काठमाडौं । फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल बेल्जियम प्रवेश गरेको छ । सोमबार अमेरिकामा सम्पन्न प्रि-क्वार्टरफाइनल खेलमा घरेलु टोलीलाई ४-१ ले पराजित गर्दै बेल्जियम १५औं विश्वकप सहभागीतामा चौथो पटक क्वार्टरफाइनल पुगेको हो ।

बेल्जियको जितमा चार्ल्स डे केटलेरले दुई, हान्स भानकेन र रोमेलु लुकाकुले समान एक गोल गरे । खेलको नवौं मिनेटमा चार्ल्स डे केटलेरले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । ३१औं मिनेटमा मलिक टिलम्यानले फ्रिकिकमार्फत गोल गर्दै अमेरिकालाई बराबरीमा फर्काएका थिए ।

त्यसको दुई मिनेटमै बेल्जियमले अग्रता लियो । केटलेरले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई अग्रतामा पुर्याए । खेलको ५७औं मिनेटमा भानकेनले गोल गर्दै बेल्जियमको अग्रताको दुरी बढाए ।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा लुकाकुले गोल गर्दै बेल्जियमलाई ४–१ को जित दिलाए । अब बेल्जियमले सेमिफाइनल प्रवेशका लागि शनिबार स्पेनको सामना गर्नेछ । अमेरिका विश्वकपबाट बाहिरिएसँगै तीनै सह-आयोजक राष्ट्रको विश्वकप यात्रा सकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =