‘विराट फिल्म एन्ड म्युजिक अवार्ड’ सम्पन्न, केकी र विजय उत्कृस्ट

काठमाडौँ । नेपाली गीत–संगीत तथा चलचित्र क्षेत्रका स्रष्टालाई अवार्ड र सम्मान प्रदान गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘विराट फिल्म एन्ड म्युजिक अवार्ड’को चौथो संस्करण चलचित्र विकास बोर्डको हलमा भब्य र सभ्य रुपमा सम्पन्न भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय अनिलकुमार सिन्हाको प्रमुख आतिथ्यता तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको विशेष आतिथ्यतामा सम्पन्न ‘चौथो विराट फिल्म एन्ड म्युजिक अवार्ड–२०८२’ मा फिल्म र गीत संगीतका गरेर ३५ वटा विधामा अवार्ड प्रदान गरियो ।

कार्यक्रम संयोजक सुरज पौडेलका अनुसार यस वर्ष सङ्गीततर्फ २४ विधा र चलचित्रतर्फ १२ विधा गरी जम्मा ३६ विधामा अवार्ड प्रदान गरिएको हो । अवार्डमा सहभागिताका लागि गरिएको आह्वानपछि प्राप्त भएका चलचित्र तथा गीत–संगीत कृतिहरूलाई समेटेर उत्कृस्ट पाँच नोमिनेसन तय गरिएको थियो ।

सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनामा सम्पन्न यस वर्षको अवार्डमा २०८१ सालमा प्रदर्शन आएका फिल्म तथा सार्वजनिक गीत–संगीतलाई समावेश गरिएको थियो । साथै, अवार्ड कार्यक्रमलाई चलचित्र विकास बोर्डले सहकार्य गरेको छ । अवार्डको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल ‘विराट फिल्म एन्ड म्युजिक अवार्ड’ मा लाइफ टाइम अचिभमेन्ट अवार्ड कलाकार तथा निर्देशक शुभाष गजुरेललाई नगद २५,५५५ सहित सम्मान प्रदान गरियो । पत्रकार श्री कृष्ण भट्टराइलाई नगद ११,१११ सहित पत्रकारिता पुरस्कार प्रदान गरियो । कार्यक्रममा थुप्रै कलाकार,संगीतकर्मी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटाले गरेका थिए । कार्यक्रममा लेखक निर्देशक काजी लिम्बु,कलाकार श्रेया दुलाल, निर्माता द्वय सुनीता सापकोटा तथा राम नारायण उपाध्याय र बिज्ञान श्रेष्ठलाई सम्मान गरिएको थियो ।

अवार्ड कार्यक्रमको जुरी टिममा निर्देशक तथा सम्पादक रक्षा सिंह राणा, छायाँकार शिव ढकाल, गीतकार प्रमोद ढुंगाना, निर्देशक ऋषि लामिछाने, लेखक तथा निर्देशक अमरदीप सापकोटा र गायक नविन कुमार पौडेल रहेका थिए ।

अवार्ड विजेता सुची यसप्रकार रहेको छ:

१. उत्कृस्ट फिल्म: सतीदेवी
२. उत्कृस्ट निर्देशक: मिलन चाम्स (अञ्जिला)
३. उत्कृस्ट अभिनेता: विजय वराल (पूर्ण बहादुरको सारंगी)
४. उत्कृस्ट अभिनेत्री: केकी अधिकारी (बोक्सीको घर)
५. सह-अभिनेत्री: सृजना अधिकारी (सतीदेवी)
६. छायाँकार:  पुरुसोत्तम प्रधान (पिताम्बर)
७. सम्पादक:  संदेश शाह (ज्वाईं साव)
८. संगीतकार: आशिष अविरल रैयाँ चाँदीको (पूर्ण बहादुरको सारंगी)
९. सह अभिनेता: कामेश्वर चौरसिया (फेरी रेशम फिलिली)
१०. पटकथा संवाद: लक्ष्मण सुवेदी (सतीदेवी)
११. रंग संयोजन: राजेन्द्र मोक्तान (अञ्जिला)
१२. इन्करेज्मेंट अवार्ड बाल कलाकार- मंजिला बानियाँ र हर्षिका ओली (सतीदेवी)

संगीत तर्फ विजेता
१. उत्कृस्ट गायक आधुनिकस्रुद्र शेखर शर्मा (के छ सान्नानी)
जुरी अवार्ड -शशी विक्रम थापा (तिम्रै कारण)

२. उत्कृस्ट गायिका आधुनिक : अन्जु पन्त (थाहै थिएन दिल)
३. उत्कृस्ट संगीतकार: मनोज चौलागाईं
४. उत्कृस्ट गीतकार आधुनिक: प्रतिमा गुरुङ (न जिउन सकें न मर्न सकें)
जुरी अवार्ड स्सरिता सापकोटा (बेखबर)
५. उत्कृस्ट मोडल आधुनिक मेल: माधव केसी (अजम्बरी माया)
जुरी अवार्ड: आर्यन राउत (पिर पर्‍या छ)
पब्लिक च्वाइस अवार्ड: इश्वर वल्लभ उप्रेती (आदत बन्यौ)
६. उत्कृस्ट मोडल आधुनिक फिमेलस्नेहा गौतम (तिम्रो झझल्को)
७. उत्कृस्ट मेकअप आर्टिस्ट: प्रिया नगरकोटी (मेरो घरको मुन्तिर)
८. उत्कृस्ट म्युजिक भिडियो निर्देशक: राजेन्द्र बस्नेत (मेरो घरको मुन्तिर)
जुरी अवार्ड : विनयराज पौडेल (हेर्दा हेर्दै)
९. उत्कृस्ट छायाँकार म्युजिक भिडियो: मदन काश्यप घिमिरे (अजम्बरी माया)
१०. उत्कृस्ट गीतकार पप: अनुप महर्जन (अँध्यारो रातमा)
११. उत्कृस्ट गायन लोक: चन्द्र लामा (मुटुमा बसेकी माया)

१२. उत्कृस्ट छायाँकार पप भिडियो: मिलन थापा ‘शान्त’ (अध्यारो रातमा)
१३. उत्कृस्ट मोडल भोजपुरी: सद्दाम हुसेन (कमर धके)
१४. उत्कृस्ट गीतकार गजल: तुलाराम लामिछाने (समय खराव छ)
१५. उत्कृस्ट कोरियोग्राफर म्युजिक भिडियो: सुरेश पाण्डे (जवानीले पोल्यो)
१६. सर्बोकृष्ट गायक (लोक पप): दिनेश भारती (चन्द्रकुमारी)
१७. भाषाभाषी चलचित्र तलासबाट उत्कृस्ट अभिनेता : राजकुमार लिङ्ग्देन
१८.  उत्कृस्ट मोडल भाषा भाषी गीत: विपना आङ्ग्वुहाङ्ग (सुंगुरको मासुमा)
१९. उत्कृस्ट निर्देशक भाषाभाषी चलचित्र: दिनेश लिङ्ग्देन (दुस्प्रयास)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + five =