चुनावका लागि तीन दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

यसअघि निर्वाचन आयोग नेपाल ले निर्वाचनको सन्दर्भमा तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको थियो । आयोगले फागुन २०, २१ र २२ गते बिदा दिन प्रस्ताव गरेको थियो ।

प्रतिनिधि सभा निर्वाचनअन्तर्गत फागुन २१ गते मतदान हुने तय भएको छ । निर्वाचन, चाडपर्व र साप्ताहिक बिदासहित यसपटक झन्डै एक सातासम्म सरकारी कार्यालय तथा शैक्षिक संस्था बन्द हुने अवस्था देखिएको छ ।

यसरी हेर्दा होली, निर्वाचन बिदा, शनिबार तथा महिला दिवसको अवसर पारेर समग्रमा निर्वाचनताका करिब एक सातासम्म बिदा हुने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =