दुर्गा प्रसाईँका समर्थक सडकमा (तस्बिरहरू)
२०८२ फागुन ११ गते

काठमाडौं । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न माग गर्दै काठमाडौंमा राजावादी तथा उनका समर्थकहरूले विरोध प्रदर्शन गरेका छन् ।
सोमबार माइतीघर मण्डलामा भेला भएका प्रदर्शनकारीहरूले प्रसाईंको रिहाइको माग गर्दै सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए । उनीहरूले हिन्दुराज्य नेपाल कायम गरौं र गणतन्त्र विरोधी नारा लगाउँदै प्रदर्शन गरेका थिए ।
प्रसाईंलाई फागुन ४ गते सोमबार साँझ भक्तपुरस्थित आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, निर्वाचन बिथोल्ने खालका उत्तेजक अभिव्यक्ति दिएर अफवाह फैलाएको तथा सार्वजनिक शान्ति भंग गर्ने आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो ।
यसअघि पनि पटक–पटक पक्राउ परेका प्रसाईंलाई हाल हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

२०८२ फागुन ११ गते
प्रतिक्रिया
सम्बन्धित








