कार्की नेतृत्वको सरकारले चीनविरोधीलाई संरक्षण गर्‍योः एमाले

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापाले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले चीन विरोधीहरुलाई संरक्षण र सम्मान गरिरहेको आरोप पनि लगाएका छन् ।

उनले दलाई लामाका प्रतिनिधि नेपाल आउँदा विमानस्थलदेखि नै राजकीय सम्मानसहित स्वागत गरिएको बताएका हुन् । वर्तमान सरकारले चीनविरोधी गतिविधिलाई संरक्षण गरिरहेको उनको आरोप छ ।

२३ र २४ भदौमा भएको ‘जेनजी विद्रोह’ कुनै क्रान्ति नभई प्रायोजित प्रतिगमन र प्रतिक्रान्ति भएको दाबी गरे । बुधवार राजधानी काठमाडौंमा पार्टीले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष थापाले उक्त घटनालाई असंवैधानिक कदमको संज्ञा दिए ।

उनले विद्रोहको नाममा भएका गतिविधिहरु क्रान्तिको आवरणमा गरिएको प्रतिक्रान्ति तथा मुलुकमा अस्थिरता सिर्जना गर्ने षड्यन्त्र भएको टिप्पणी गरे ।

थापाकाअनुसार चीनले नेपाल सरकारलाई चीनविरोधी गतिविधिमा संलग्न व्यक्तिहरूलाई नेपालबाट निष्कासन गर्न चेतावनी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + one =