सरकार निर्वाचन सार्ने बहाना खोज्दैछः बादल

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापाले सरकार निर्वाचन सार्ने उद्देश्यले बहाना खोजिरहेको आरोप लगाएका छन् ।

बुधवार राजधानी काठमाडौंमा पार्टीले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष थापाले यस्तो आरोप लगाएका हुन् ।

उपाध्यक्ष थापाले प्रधानमन्त्री स्वयंले हिमाली जिल्लामा हिमपातको सम्भावनालाई कारण देखाउँदै निर्वाचन सार्न सकिने वा हिमाली क्षेत्रमा दोस्रो चरणमा निर्वाचन गर्न सकिने अभिव्यक्ति दिएको भन्दै सरकार निर्वाचन नगराउने दिशामा अघि बढिरहेको आरोप लगाएका हुन् ।

उपाध्यक्ष थापाले निर्वाचन सार्न खोजिनु लोकतान्त्रिक प्रक्रिया विपरीत रहेको दाबी गर्दै वर्तमान सरकार अवैध र प्रायोजित ढंगबाट गठन भएको आरोप पनि लगाए । ‘सरकार निर्वाचन सार्ने बाहाना खोज्दैछ । प्रधानमन्त्रीले नै हिमाली जिल्लामा हिमपात भयो भने निर्वाचन सर्नसक्छ अथवा हिमाली क्षेत्रमा दोस्रो चरणमा निर्वाचन गर्नेकुरा गर्नुभएको छ । यसले के देखाउँछ भन्दा अहिलेको सरकार नगराउने दिशामा अघि बढिरहेको देखिन्छ । हाम्रो पार्टीले त फागुनमा चुनाव हुन सक्दैन भनेर भनिरहेकै थियौँ । अहिले आएर सरकार नै २१ फागुनमा निर्वाचन गराउन गइरहेको छैन । चुनाव सार्न बहाना खोज्दैछ । यो अवैध र प्रायोजित ढंगबाट गठन गरिएको सरकार हो’ उनले भने ।

सरकार मुलुकका प्रमुख राजनीतिक शक्तिहरुलाई समाप्त पार्दै देश जलाउनेहरुलाई स्थापित गर्न लागिरहेको आरोप पनि लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + fifteen =