मानसिक अस्पताललाई राष्ट्रिय मनोस्वास्थ्य केन्द्रको रुपमा विकास गर्न पहल गर्छुः स्वास्थ्यमन्त्री गौतम

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले मानसिक अस्पताललाई राष्ट्रिय मनोस्वास्थ्य केन्द्रको रुपमा विकास गर्न आफूले सक्दो पहल गर्ने बताएकी छन् ।

बुधवार ललितपुरको पाटनस्थित मानसिक स्वास्थ्य अस्पतालको अनुगमनको क्रममा उनले सो प्रतिवद्धता व्यक्त गरेकी हुन् । मन्त्री गौतमले मानसिक रोगका विरामीहरुलाई समाजले हेयभावका साथ हेर्ने भएकाले पनि सो अस्पतालको नाम राष्ट्रिय मनोस्वास्थ्य केन्द्र राख्न उपयुक्त हुने प्रश्ताव अस्पतालले गरेको र त्यसलाई आफूले अघि बढाउन चाहेको पनि स्पष्ट पारे । ‘उहाँले यसलाई राष्ट्रिय मनोस्वास्थ्य केन्द्रको रुपमा यो अस्पताललाई विकास गरौ भन्नु हुन्छ । हाम्रो समाजमा मानसिक स्वास्थ्य र मानसिक अस्पताल भन्न साथै विरामी मनोरोगी भन्न साथै एक प्रकारको स्टिग्मा छ । जुन जसलाई अलि हेय भावले त्यस्ता विरामीहरुलाई हेर्ने प्रचलन छ । जुन सरासर लगत कुरा हो’ उनले भनिन् ।

त्यस अवसरमा उनले निर्वाचन आचारसंहिताका कारण आफूले धेरै काम गर्न सक्ने अवस्था नरहेको पनि बतायन् । ‘अहिले त आचारसंहिता लगायत विभिन्न कुराहरु छन् । मैले कतिको सकुला, त्यो मलाई थाहा छैन । तर म प्रयास निकै गर्छु । अव आउने सरकारले त्यो काम गरिदेओस । यसको उपचारको क्रममा देखिएका स्टिग्मा हटाउने प्रयास गरिदेओस् भनेर म फेरि पनि आउने सरकारलाई म भन्न चाहन्छु’ उनले भनिन् ।

मन्त्री गौतमले नेपालमा मानसिक रोगीहरुको संख्या बढ्दै गएकाले यसको उपचारका लागि उचित व्यवस्था गर्न अब आउने सरकारले विशेष ध्यान दिन आवश्यक रहेको समेत बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 6 =