पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौँ । पत्रकार दिनेश सिटौलाको निधन भएको भएको छ ।
ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको सिटौलाको निधन भएको अस्पतालले जानकारी दिएको हो ।
चिकित्सकले आज १२ः४५ बजे उनलाई मृत घोषणा गरे ।
रास्वपाका वरिष्ठ नेता बालेन शाहको चुनावी क्याम्पेनका लागि अछाममा गएका बेला अचानक बेहोस भएर ढलेपछि उनलाई अछाम जिल्ला अस्पतालमा लगिएको थियो जहाँ उनको श्वासप्रश्वास नरहेको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार कार्डियोपल्मोनरी रेससिटेशन (सीपीआर) तुरुन्तै सुरु गरिएको थियो । लगभग ४५ मिनेटपछि मुटुको चाल फर्किएको थियो । उनलाई तत्काल भेन्टिलेटरमा राखिएको थियो। यस अवधिमा, उनलाई seizure देखिएको थियो, जुन उचित रूपमा व्यवस्थापन गरियो। त्यसपछि उनलाई नेपाली सेनाको हेलिकप्टर मार्फत त्रिभुवन विमानस्थल र त्यसपक्षात एम्बुलेन्स मार्फत ग्राण्डि अस्पताल emergency मा ल्याइपुराइयो ।
त्यसपछि उनलाई गम्भीर सबअरेनहाइड हेमोरेजको लागि स्थापित प्रोटोकलअनुसार क्रिटिकल केयर र न्यूरो सर्जरी टिमद्वारा संयुक्त रूपमा इंटेन्सिभ केयर यूनिट (ICU) मा भर्ना गरियो। प्रारम्भिक परीक्षणमा ग्याग रिफ्लेक्सको उपस्थिति देखियो र थप ४८ घण्टा अनुगमन गर्ने निर्णय लिइयो ।
ICU मा बस्दा, उनलाई डायबिटिस इन्सिपिडसको समस्या पनि विकसित भयो जुन तत्कालै पहिचान गरी स्थापित मार्ग निर्देशन अनुसार व्यवस्थापन गरियो । यद्यपि गम्भीर इंटेन्सिभ केयरका बाबजुद, ४८ घण्टापछि न्यूरोलोजिकल अवस्थामा कुनै सुधार देखा परेन र मस्तिष्कको कार्यक्षमता पुनः प्राप्तिको कुनै सङ्केत थिएन ।
चिकित्सकीय प्रोटोकल अनुसार, मस्तिष्कको कार्य क्षमता परीक्षण गर्न Apnea परीक्षण गरियो जुन positive थियो, जसले स्वतः श्वासप्रश्वास न भएको जनाउँछ।
उनी एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेजको एक रुप) बाट पीडित थिए । उनलाई शुक्रवार काठमाडौँ ल्याइएको थियो ।
उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी छ ।
४५ वर्षीय सिटौला अविवाहित थिए । उनी चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष हुन् ।









