मेरो प्राथमिकता वैदेशिक रोजगारमा गएका नेपालीको स्वास्थ्य हो: मन्त्री गौतम

काठमाडौँ । अन्तरिम सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले आफू मन्त्री हुँदासम्म मानसिक स्वास्थ्यलाई विशेष प्राथमिकता दिने बताएकी छन् ।

बिहीबार काठमाडौँमा आयोजित ६४ औँ वार्षिकोत्सव तथा साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले मानसिक स्वास्थ्यलाई प्रमुख विषय बनाएर आफू अघि बढिरहेको बताइन् । वैदेशिक रोजगारमा गएका नेपालीको स्वास्थ्य, मातृशिशु मृत्युदरका कार्यक्रमहरूलाई विशेष प्राथमिकता दिने उल्लेख गरिन् । उनले प्रणालीको सुधार पनि आफ्नो मुख्य प्राथमिकता रहने जिकिर गरिन् ।

मन्त्री गौतमले बीमा कार्यक्रम, औषधि नियमन, खरिद विक्रीमा र आपूर्तिको विषय सुदृढ बनाउने आफ्नो लक्ष्य रहेको बताइन् ।

उनले भनिन् ‘मानसिक स्वास्थ्यलाई प्रमुख विषय बनाएको थिएँ । हाम्रो देशबाट वैदेशिक रोजगारमा हजारौँ जानुहुन्छ । उहाँहरूको स्वास्थ्यको बारेमा पनि फोकस गर्नैपर्छ भन्ने थियो । महिलाहरूको बारेमा महिलाले नबोले कसले बोल्छ रु चार वटा प्रदेशमा मातृशिशु मृत्युदर अति उच्च छ, ती चार प्रदेशमा एग्रेसिप रूपमा मातृशिशु मृत्युदरको कार्यक्रम लैजानुपर्छ भन्ने मेरो प्राथमिकता थियो । सिस्टमको सुधार पनि प्राथमिकताको विषय थियो । राम्रो गर्ने सन्दर्भमा जहाँ कमजोरी देखिएको थियो, बीमा कार्यक्रममा, औषधि नियमन, खरिद विक्रीमा र आपूर्तिको विषय सुदृढ गर्छु भन्ने थियो ।’

मन्त्री गौतमले जीवनको हरेक चरणमा आफूले आफूलाई प्रमाणित गर्दै लैजानुपर्ने बताइन् । नर्सिङ एशोसिएशन नर्सहरूको हक हितको लागि भएको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 12 =