कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. आचार्य नियुक्त

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा सुरेश आचार्यलाई नियुक्त गरेका छन् ।

उपसभापति शर्माले डा आचार्यलाई पार्टीको विधानबमोजिम कार्यकारी निर्देशकमा आगामी साउन १ गतेदेखि लागू हुनेगरी आज नियुक्त गरेको कांग्रेसले जनाएको छ ।

डा. आचार्य कांग्रेस प्रचार विभागका पूर्वउपप्रमुख, राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख सूचना आयुक्त र नेपाल पत्रकार महासङ्घका पूर्वसभापतिसमेत हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =