विशेष कारण देखाउँदै कांग्रेस पूर्वसांसदहरूले स्थगित गरे सर्वोच्च जाने कार्यक्रम

काठमाडौं । प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै सर्वोच्च अदालत पुग्ने तयारीमा रहेका नेपाली कांग्रेसका पूर्वसांसदहरूको कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको कार्यव्यस्तताका कारण समय उपलब्ध हुन नसकेपछि बिहीबारका लागि तय भएको भेटघाट र दबाबमूलक कार्यक्रम रोकिएको हो ।

एक सूचना जारी गर्दै ‘विशेष कारण’ले गर्दा पूर्वनिर्धारित कार्यक्रम स्थगित गर्नुपरेको जनाएको छ । पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसका पूर्वसांसदहरूको डेलिगेसन टोली सर्वोच्च अदालत जाने कार्यक्रम तय भएकोमा विशेष प्राविधिक कारणले गर्दा उक्त कार्यक्रम तत्कालका लागि स्थगित गरिएको व्यहोरा जानकारी गराइन्छ ।’

विघटित प्रतिनिधिसभाका पूर्वप्रमुख सचेतक एवं कांग्रेस नेता श्यामकुमार घिमिरेका अनुसार प्रधानन्यायाधीशको सचिवालयले कार्यतालिका जुधेका कारण आजको भेटघाट सम्भव नभएको जानकारी गराएको थियो । ‘हामी बिहीबार बिहान साढे १० बजे सर्वोच्च जाने तयारीमा थियौँ, तर प्रधानन्यायाधीशको सचिवालयबाट समय व्यवस्थापन हुन नसकेको फोन आएपछि कार्यक्रम स्थगित भयो,’ नेता घिमिरेले भने ।

संसद् पुनस्र्थापनाको मुद्दालाई लिएर कांग्रेसका ६५ जना पूर्वसांसदहरूले सर्वोच्च अदालतमा रिट दायर गरिसकेका छन् । संसद् विघटनको कदम असंवैधानिक भएको दाबी गर्दै अदालत पुगेका उनीहरूले आफ्नो रिटमाथि सुनुवाइ प्रक्रिया अघि नबढेकोमा चासो व्यक्त गर्दै आएका छन् । यसअघि उनीहरूले सोही विषयमा ध्यानाकर्षण गराउन प्रधानन्यायाधीशसँग भेट्ने योजना बनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 15 =