जेनजी आन्दोलनमा गोली चलाउने आदेश दिएको थिइनँ: केपी ओली

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनमा आफूले गोली चलाउने आदेश नदिएको दोहोर्‍याएका छन् ।

बुधवार आज सामाजिक सञ्जाल फेसबुकमा एक लामो स्ट्याटस लेख्दै उनले यस्तो बताएका हुन् ।

उक्त स्ट्याटसमा उनले सरकारको आदेशमा उक्त दिन गोली नचलेको र सरकारले आदेश पनि नदिएको दाबी गरेका हुन् ।

‘संसारको जुनसुकै देशका प्रमुख संवैधानिक अंगका कार्यालय रक्षाका लागि सुरक्षाकर्मीले चौबीसै घण्टा हतियार सहित कमब्याट पोजिसनमा उभिएको हुन्छ । उनीहरूले सरकारको आदेश होइन, कानुनको शपथ लिएका हुन्छन्,’ ओलीले भनेका छन्, ‘त्यस दिन पनि सरकारको आदेशमा गोली चलेको होइन, सरकारले आदेश दिएको पनि होइन ।’

बरु उनले नयाँ बानेश्वरको निषेधित क्षेत्र तोडिँदासम्म पनि कुनै गोली नचलेको जिकिर गरेका छन् ।

उनले केहीदिनदेखि तत्कालीन प्रधानमन्त्रीको रूपमा आफूले नै गोली चलाउनेजस्ता आदेश दिएको भन्दै निराधार हल्ला फिँजाइएको दाबी गरेका छन् ।
उनले आफ्नो राजीनामापछि नै सिंहदरबार, राष्ट्रपति भवन सर्वोच्च अदालत लगायत सबै धरोहरहरू जलाइएको बताए ।

उनले खुला रूपमा कुनै पनि मञ्चमा बसेर आफू यसबारे जवाफ दिन तयार रहेको पनि बताएका छन् ।

‘म खुला रूपमा कुनै पनि मञ्चमा बसेर उत्तर दिन तयार छु,’ ओलीले भनेका छन् ।

पढ्नुहोस् ओलीको पूरा स्ट्याटस:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 12 =