ट्रम्पले गरे कोरियाली सामानमा भन्सार शुल्क २५ प्रतिशत पुर्‍याउने घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार दक्षिण कोरियाको व्यवस्थापिकाले अमेरिकासँगको द्विपक्षीय व्यापार सम्झौता लागू नगरेको आरोप लगाउँदै निश्चित कोरियाली सामानहरूमा भन्सार शुल्क १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्‍याउने बताएका छन् ।

उनले सामाजिक सञ्जालमा कोरियाली व्यवस्थापिकाले अमेरिकाको ऐतिहासिक व्यापार सम्झौता लागू नगरेका कारण दक्षिण कोरियाली सवारी साधन, काठ, औषधि र अन्य सबै पारस्परिक शुल्कहरू १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्‍याएको बताए । दक्षिण कोरियाको व्यवस्थापिकाले अमेरिकासँगको सम्झौता पालना नगरेको आरोप लगाए ।

राष्ट्रपति ली र आफूले जुलाई ३०, २०२५ मा दुवै देशका लागि एक उत्कृष्ट सम्झौता गरेको भन्दै अक्टोबर २९, २०२५ मा आफू कोरियामा रहँदा यी सर्तहरू कार्यान्वयन गर्ने प्रतिबद्धता गरे पनि सफल नभएको बताए । अक्टोबर २०२५ मा ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङबीच भएको सम्झौताअनुसार अमेरिकाले दक्षिण कोरियाबाट हुने आयातमा १५ प्रतिशतको एकमुष्ठ भन्सार शुल्क लगाउने कुरा थियो ।

जुन ट्रम्पले पहिले धम्की दिएको स्तरभन्दा १० प्रतिशत बिन्दुले कम थियो । यसको बदलामा, दक्षिण कोरियाले अमेरिकामा ३५० अर्ब अमेरिकी डलर लगानी गर्न सहमति जनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 9 =