धनुषा क्षेत्र नं ३ मा कांग्रेस नेता निधिको उम्मेदवारी दर्ता

जनकपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले धनुषाको निर्वाचन क्षेत्र नंं ३ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

आज जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराए ।

उनको प्रस्तावकमा मधेस प्रदेशका प्रदेशसभा सदस्य रामसरोज यादव र समर्थकमा जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साह रहेका छन् ।

नेता निधिले सङ्घीयताको संस्थागत विकास तथा विकासका थप काम गर्नका लागि आफूले उम्मेदवारी दिएको बताए । सोही क्षेत्रबाट नेकपा (एमाले) नेतृ जुलीकुमारी महतोले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 16 =